प्रेस युनियनको अक्षयकोषलाई अध्यक्ष भण्डारीद्धारा ५१ हजार सहयोग

विकल्प न्यूज/बेनी
जेठ १० गते ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो ।

उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय धनि लालगर्बुजा र पबित्रा खत्रीलाई हस्तान्तरण गर्नुभयो ।

म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग,प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले स्थापना गर्न लागिएको अक्षयकोष पाँचलाख पु¥याउने युनियनले जनाएको छ । कोषमा हाल सम्म साढे दुई लाख रुपैयाँ सहयोग प्राप्तभएको सचिव साधन राम्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार,अक्षयकोषलाई संगठनका पुर्व र वर्तमान पदाधिकारी,स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको र सहयोग आउने क्रमजारी रहेको छ ।