अन्नपूर्ण ४ नारच्याङमा काँग्रेसको प्यानल विजयी

विकल्प न्यूज/बेनी
जेठ ४ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् । मत गणनामा विवाद भएपछि रोकिएको मतगणना बुधवार विहान देखि सुरु भएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका -४ नारच्यङमा खसेकाे कुलमत १०५९ को अन्तिम नतिजा
गाउँपालिका अध्यक्ष :
सुर्य ४०८
रुख ५९२
भाले ८
हलाे २
उपाअध्यक्ष:
सुर्य ४१०
रुख ५८६,
भाले ६
वडा अध्यक्ष:
सुर्य ४०१
रुख ६०६
महिला सदस्य :
सुर्य ३९० ,रुख ५९६
दलित महिला सदस्य:
सुर्य३८४
रुख ६०
वडा सदस्य:
सुर्य ३७६
रुख५९८
हलाे १९
वडा सदस्य:
सुर्य ४२३
रुख ५६१

वडा नम्बर १, २ र ३ मा एमालेका क्रमश ः दिलिपकुमार गर्बुजा, ओमप्रकाश फगामी र रमेश पुर्जा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।