जलजलाको अध्यक्षमा गठबन्धनका उम्मेदवार राजु आचार्य विजयी

विकल्प न्यूज/जलजला
जेठ ३ गते ।

पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार राजु आचार्य विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई फराकिलो मतअन्तरले पछाडी पार्दै आचार्य विजयी हुनुभएको हो । वडा नम्बर एक देखि ८ सम्म मतगणना सकिएको छ । जसमा आचार्य १०६४ मतले एमालेका उम्मेदवार अधिकारी भन्दा अगाडि हुनुहुन्छ । वडा नम्बर ९ बनौंमा एकहजार १३ मत खसेको छ । बनौको मतगणना सुरु भएको छ ।

अहिले सम्म नेपाली काँग्रेसका उम्मेदवार आचार्यले ५१५७ र नेकपा एमालेका उम्मेदवार अधिकारीले ४१२३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार सुनिता जिसी बरुवालले ४४६२ र गठबन्धनका तर्फबाट माओवादीका दिपक आचार्यले ४२६५ मत प्राप्त गर्नुभएको छ । बनौंको मत जसले बढी ल्याउछ उही उपाध्यक्षमा विजयी हुने संभावना छ ।

नेकपा एमालेले एक देखि ५ वडाका वडा अध्यक्ष सहित बहुमत गाउँसभा सदस्य जितेको छ । काँग्रेस ६ नम्बर वडा सालिजा र ८ नम्बर वडा नाग्लीबाङमा विजयी भएको छ । यस्तै ओवादीले ७ नम्बर वडा धाइरिङमा विजयी हासिल गरेको छ । बनौंमा नेपाली काँग्रेस र माओवादीका विच प्रतिस्पर्धा छ ।