ताजा समाचार:
Search

बेनी नगरकाे मेयरमा सुरज र उप मेयरमा ज्याेती विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ ३ गते ।

बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरज केसी विजयी हुनुभएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो ।

उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिञ्जीवि शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपप्रमुखमा काँग्रेस माओवादी गठबन्धनका तर्फबाट माओवादीकी ज्योती लामिछानेले ७ हजार ४३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार पशुपति शाहीले ५ हजार पाँचसय मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ९ घतानको वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार चक्र केसी र १० पात्लेखेतमा नेकपा एमालेका उम्मेदवार मस्विर रोका विजयी हुनुभएको छ । यसैगरी वडा नम्बर ७ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश श्रेष्ठ र ८ मा नेकपा एमालेका उम्मेदवार उत्तम कर्माचार्य विजयी हुनुभएको छ । विहान ८ बजे सम्पादन गरिएको