म्याग्दीमा बेनी नगर सहित पाँच स्थानीय तहमा मतगणना सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी
बैशाख ३१ गते ।

म्याग्दीको बेनी नगरपालिका सहित जिल्लाका पाँच स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिकामा भर्खर मतगणना सुरु भएको छ । शनिबार विहान सर्वदलीय वैठक बसेपछि जिल्ला समन्वय समतिको सभाहलमा वडा नम्बर १ रत्नेचौरबाट मतणना थालिएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

यस्तै जिल्लाका मंगला,मालिका,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा मतगणना सुरु भएको छ । यता धौलागिरि गाउँपालिकामा भने वडा नम्बर १ गुर्जाको मतपेटिका पदैल मार्गबाट साँझ सम्म मात्र निर्वाचन अधिकृतको कार्यालय मुनामा ल्याइने जानकारी प्राप्त भएको छ ।


शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभर ८५ हजार ३ सय ७५ जना मतदाता रहेकोमा ५६ हजार ५८३ जनाले मात्र मतदान गरेका छन् । कुल मतदाताको ६६ दशमलव २३ प्रतिशत मत खसेको छ । जसमा महिला ३० हजार ३२ रहेका छन् भने पुरुष २६ हजार ५१० जना रहेका छन् ।