म्याग्दीमा मतदान शान्तिपूर्ण रुपमा सकियो ः मतपेटिका संकलन सुरु

विकल्प न्यूज/बेनी
बैशाख ३० गते ।

म्याग्दीका सवै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । पाँचबजे मतदान सकिएर अहिले मतगणना स्थल तर्फ मतपेटीका ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानको समय सकिएसँगै जिल्लाका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन भइरहेको छ। मत पेटीका ल्याएपछि भोली विहान मात्र मतगणना हुने जनाइएको छ ।
यसै गरी बेनी नगरपालिकाको मतगणना भोली विहान ८ बजेबाट थाल्ने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । जिल्लाभर करिब ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । मतदान सकिए लगत्तै परेको वर्षाका कारण मतपेटिका संकलन प्रभावित बनेको थियो ।