ताजा समाचार:
Search

म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
बैशाख ३० गते ।

म्याग्दीका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान केन्द्रमा विहानै देखि मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकरी दिनुभयो ।
निर्वाचन लक्षित गरेर म्यादी प्रहरी छसय १९, नेपाल प्रहरी तिनसय ८०, सशस्त्र प्रहरी दुईसय ६, नेपाली सेना दुईसय ३२ जना परिचालन गरिएको छ ।