ताजा समाचार:
Search

जलजलामा नेपाली काँग्रेस र माओवादीले गरे संयुक्त रुपमा उम्मेदवारी दर्ता (फोटोफिचर)

विकल्प न्यूज\जलजला
वैशाख १२ गते । आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जलजला गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । चुनावी तालमेल अनुसार अध्यक्षमा नेपाली काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादी केन्द्रका दिपक आचार्यले सोमबार संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता साझेदार दलहरुको जिल्ला स्तरमा भएको तालमेलको सहमति अनुसार उनीहरुले मनोनयन दर्ता गराएका हुन । साथै वडाहरुमा पनि उनीहरुले तालमेल अनुसार उम्मेदवारी दर्ता गराएका छन् ।