मनोनयनको पहिलो दिन म्याग्दीका तिन स्थानीय तहमा काँग्रेसको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी
बैशाख ११ गते ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार नेपाली काँग्रेसले अन्नपूर्ण,रघुगंगा र मालिका गाउँपालिकामा मनोनयन दर्ता गराएको छ ।

रघुगंगा गाउँपालिकामा अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुनले मनोनयन दर्ता गर्नुभएको छ । त्यस्तै काँग्रेसले रघुगंगाका ६ वटा वडामा अध्यक्ष सहित सदस्यहरुको मनोनयन दर्ता गराएको छ । वडा नम्बर १ मा बिलबहादुर फगामी,४ मा पविन गर्बुजा,५ मनबहादुर शेरपुजा,६ मनकुमार शेरपुजा ७ मा बेगबहादुर पुन र ८ मा गमान छन्त्याले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मालिका गाउँपालिकामा अध्यक्ष पदमा श्रीप्रसाद रोका र उपाध्यक्षमा पिपला बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ । मालिकाको वडा नम्बर १ मा टंकप्रसाद पुन,२ मा ताराबहादुर रोका,३ श्यामबहादुर बुढाथोकी,४ मा भेजेन्द्रमान पुन,५ मा मिम पुन,६ मा खिमबहादुर पुनमगर र ७ मा लपकुमार पुनले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजाले मनोनयन दर्ता गर्नुभएको छ । वडा नम्बर १ मा भविन्द्र गर्बुजा,२ मा खेरीराम पुर्जा,३ मा सुरत केसी,४ मा लोकबहादुर फगामी,५ मा राजेश तिलिजा पुन,६मा रामबहादुर खड्का,७मा गमबहादुर फगामी पुन र ८ मा रविन गर्बुजाले उम्मेदवारी दर्ता गर्नुभएको नेपाली काँँग्रेसका जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो ।

स्थानीय तहमा रहेका निर्वाचन अधिकृतहरुको कार्यालयमा मनोनयन दर्ता भएकाहरुको विवरण रुजु गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रले कुनै पनि स्थानीय तहमा पहिलो दिन उम्मेदवारी दर्ता गराएका छैनन् । केही स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएका छन् ।