गायक किरण पुनको ‘अगेनामा चुलो’ गीत सार्वजनिक

विकल्प न्यूज/बेनी
फागुन २१ गते ।


म्याग्दीका लोकप्रीय गायक किरण पुनको लोक दोहोरी गीत अगेनामा चुलो सार्वजनिक भएको छ । गायक पुन र चर्चित लोक दोहोरी गायीका शान्ति श्री परियारको आवाजमा रहेको उक्त गीतको म्युजिक भिडियो किरण पनु युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा किरण पुनको शव्द र राकेश शोनीको संगीत तथा एरेन्ज रहेको छ ।

गीतको अडियो प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको हो । जिवन सेन्चुरीले निर्दशन गर्नुभएको म्युजिक भिडियोमा गायक किरण पुन र कृषा मगरको अभिनय रहेको छ । काठमाडौँको मेघासिटि हाइटमा छायाँकन गरिएको भिडियोमा ग्रामिण परिवेशको मौलिकता झल्काउने प्रयास गरिएको गायक पुनले बताउनुभयो ।

माया प्रीतिमा तयार पारिएको उक्त लोक दोहोरी गीतले श्रोता दर्शकको मन जित्दै गएको, र प्रतिक्रियाहरु पनि राम्रो आएको गायक पुनले बताउनुभयो । गीत हेरेर सल्लाह, सुझाव दिन पनि उहाँले सम्पुर्ण संगीत प्रमीहरुलाई अनुरोध गर्नुभएको छ ।

गायक पुनले यसअघि सरि नभन, चोखो माया, यो मनले रोज्यो, कल्पनामा हराउँछु, स्टुपिड मन, सपनिमा लगाएतका लोकपप तथा आधुनिक गीतहरु प्रस्तुत गरिसक्नु भएको छ ।

मलाई प्यारो लाग्छ मेरो देश बोलको राष्ट्रिय भावको गीत गाउनुभएका गायक पुनले धौलागिरी क्षेत्रको मौलिक लोक भाका सालैजो तथा शिरफुले गीतहरु पनि बजारमा ल्याइसक्नुभएको छ ।

म्याग्दीको मंगला गाउँपालिका ५ छिस्वाङमा जन्मिनु भएका गायक पुन बिगत एक दशक देखि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । करिव दुई दर्जन गीतमा स्वर दिइसक्नु भएका गायक पुन जिल्लामा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा दर्शकका रोजाईको कलाकारमा समेत पर्नुहुन्छ ।