ताजा समाचार:
Search

सिंगामा एक करोड ८० लाख लगानीमा सामुहिक बाख्रा फार्म (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
माघ १७ गते ।

  यहाँका तिन युवा मिलेर सामुहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका ४ सिंगामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामुहिक रुपमा उन्नतजातका बाख्रा पाल्न थालेका हुन । ति मध्य दुईजना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन ।
स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) प्रेम खड्का र भेषबहादुर थापाले संयुक्त रुपमा ब्रोदर्श कृषि तथा पशुपंक्षी फार्म स्थापना गरेर दुईवर्ष अघिदेखि बोयर जातका बाख्रापाल्न थालेका उनीहरुले यसवर्ष देखि आम्दानी दिन थालेको बताउँछन् ।
स्थानीय जातका जमुनापारी र खरीजातका बाख्रामा बोयर क्रस गराएर पाठापाठी उत्पादन गरी विक्री गर्ने लक्ष्य रहेको अणबहादुरले बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिले माउ,बोका र पाठापाठी गरी ९६ वटा बाख्रा छन् ।

भगवान खड्का गाउँमा राजनीति र सामाजिक कार्यहरुसंगै कृषि पेशामा संलग्न हुनुहुन्छ भने प्रेम वैदेशिक रोजगारबाट फर्कनुभएको र थापा भारतीय सेनाबाट अवकास लिएर फर्केपछि पशुपालनमा लाग्नुभएको हो । थापाले १७ वर्ष भारतीय सेनामा सेवा गर्नुभएको छ । भने प्रेम रोजगारीका क्रममा ९ वर्ष युरोपमा विताएर गाउँ फर्किनुभएको हो ।

लामो समय भारतीय सेनामा जागिर गरियो थापाले भन्नुभयो,‘अवकास पछिको समय कृषि पेशामा लगाउनुप¥यो भनेर सामुहिक लगानी गरी बाख्रापालन थालेका हौं ।’ बाख्रापालन मेरो सानै देखिको रहर पनि थियो उहाँले भन्नुभयो ‘सानै उमेरमा भारतीय सेनामा भर्ती भइहालियो जागिर गर्ने समय हुँदा हुँदै दुई वर्ष अघि अवकास रोजेर गाउँ फर्किए ।’ कृषिमा नाम सँगै दाम पनि भएकाले आफूले यो पेशा रोजेको उहाँले सुनाउनुभयो ।

फार्मको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताउनुभयो । बाख्रापालनकै लागि करिब १५ रोपनी जग्गालाई ४५ लाख रुपियाँ भन्दा बढी लगानीमा खरिद गरिएको उहाँले बताउनुभयो । ४ रोपनी जग्गामा फार्म रहेको छ भने ५५ रोपनी जग्गामा घाँस रोपीएको उहाँले बताउनुभयो ।

‘जग्गा, बाख्रा , खोर लगायतका संरचनामा अहिलेसम्म १ करोड ८० लाख लगानी भैसकेको छ, उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुको लागि बोका उत्पादनको केन्द्र बनाउने गरि बाख्रापालनलाई अघि बढाएका छौँ’’–खड्काले भन्नुभयो । दुई बर्षअघिदेखि नै बाख्रापालनलाई लक्षित गरि १५ रोपनी जग्गामा घाँस खेती गरिएको थियो भने अहिले ५५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ ।

जाडो र गर्मी दुबै मौसमलाई अनुकुल हुने गरि खोरका पूर्वाधार बनाइएको अर्का सञ्चालक प्रेम खड्काले बताउनुभयो ।‘‘जाडोमा न्यानो र गर्मिमा सितल हुने गरि खोरका पूर्वाधार बनाएका छौँ, युटुबमा विश्वभरका नमुना बाख्रा फार्मका पूर्वाधार हेरेर त्यसको अधिकतम अनुसरण गरि आफै खोरको पूर्वाधार बनाएका हौँ’’– उहाँले भन्नुभयो । पाठापाठी सहित अहिले ९६ वटा बाख्राहरु रहेको फार्ममा २ सयको संख्यामा बाख्रा पालन गर्न सक्ने क्षमता बनाइएको छ । माग अनुसार पाठापाठी पु¥याउन सकिरहेका छैनौं अणबहादुरले भन्नुभयो ‘बिउका पाठापाठी प्रतिकेजी पाँचसय देखि २८ सय रुपियाँ सम्ममा विक्री हुनेगरेका छन् । माग अनुसार पु¥याउन सकिरहेका छैनौं ।’

५० वटा माउ बाख्रा रहेको फार्ममा ३५ वटाले पाठापाठी जन्माइसकेका छन् । बाख्रापालनलाई लक्षित गरि जैघाँस, खन्यु, काफल, सुपर नेपियर लगायतका घाँस खेती गरिएको खड्काले बताउनुभयो । लगानीकर्ताकै परिवारका चार जना र बाहिरका तीन जना गरि ७ जनाले दैनिक रुपमा रोजगार समेत पाएको थापाको भनाई छ ।

फार्मबाट यस बर्ष ३० वटा बोयर क्रस गरि उत्पादन भएका उन्नत जातका पाठी विक्रि गर्ने लक्ष्य राखिएको छ । वार्षिक रुपमा २५ देखि ३० लाख रुपियाँ सम्मका पाठापाठी विक्री गर्ने लक्ष्य राखिएको थापाले बताउनुभयो । आगमी दिनमा माउ बाख्राको संख्यालाई वृद्धि गर्ने योजना समेत रहेको खड्का र थापाले सुनाउनुभयो ।