ताजा समाचार:
Search

भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)

विकल्प न्यूज\बेनी
मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो ।

यतिखेर होटलका लागि ७ तले भवन निर्माण भइरहेको उहाँले बताउनुभयो । करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको होटलको निर्माण  अहिले सम्म ६० प्रतिशत सकिएको छ । आगमी दशैै सम्म होटल सञ्चालन गर्ने तयारीका साथ निर्माणको काम तिव्र पारिएको उहाँले बताउनुभयो ।

होटलमा सुविधा सम्पन्न ५७ वटा कोठा हुने छन् । पोखरा देखि कोरोला सम्म सुविधासम्पन्न होटल नभएकाले आफूले यसक्षेत्रमा होटल सञ्चालन गर्न लागेको उहाँको भनाई छ । होटल सञ्चालनमा आएपछि यस क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई सुविधा पुग्ने विश्वास गरिएको छ । अहिले तातोपानीमा साना ठूला गरी २० वटा होटल सञ्चालनमा छन् ।