दानामा माओवादीको वडा कमिटी गठन

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।

नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक, कोषाध्यक्षमा सुकबहादुर बिक र सहसचिबमा बिनोद सेञ्चुरी रहनुभएको छ ।

यसैगरी बुद्धीसुवा बिकको अध्यक्षतामा गबिता बिक सचिब, कमला बिक कोषाध्यक्ष रहेको १७ सदस्यीय अनेमसंघ क्रान्तिकारी गठन भएको छ । यस्तै रोशन बिकको अध्यक्षतामा १७ सदस्यीय वाइसीएलको वडा कमिटी गठन भएको माओवादी केन्द्रका वडा अध्यक्ष थमबहादुर बिकले जानकारी दिनुभयो ।

अधिबेशनमा माओवादी केन्द्रका अन्नपूर्ण गाउँपालिका इञ्चार्ज बुद्धी पुनले संबिधान र ब्यवस्था जोगाउन, गणतन्त्र, संघियता, समावेशी ब्यवस्था लगायत राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै नागरिकको आधारभूत आवश्यकता परिपुर्ति र सन्तुलित बिकासका लागि माओवादीलाई जनताले साथ दिनुपर्ने बताउनुभयो ।