ताजा समाचार:
Search

बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू ( भिडियो /फाेटाे )

विकल्प न्युज/बेनी

कार्तिक २ गते । बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू भएको छ । अधिवेशन सुरू हुनुभन्दा अघि बेनीमा झाँकि र वाजागाजा सहित र्यालि निकालिएको छ ।  जिसस सभाहलमा अधिवेशनकाे उद्घाटन सांसद  भुपेन्द्र बहादुर थापाले गर्नुभएको छ।

विभिन्न पेशा र राेजगारिकाे क्रममा संसारभर छरिएर रहेका म्याग्देेलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारि समितिकाे नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुन लागेकाे हाे ।

भौतिक र भर्चुअलबाट २० देशका २६१ जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने माेनाका महासचिव विक्रम कार्कीले जानकारि दिनुभयाे ।