ताजा समाचार:
Search

जन्म गाउँबाट विश्वभरका नेपालीहरुलाई कुल आचार्यको अपिल (भिडियो)

विकल्प न्यूज/जलजला
असोज ३ गते ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगमी १० औं विश्व सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन लाग्नुभएका कुल आचार्यले जन्म गाउँ जलजला ७ धाईरिङ पर्वतबाट विश्वभर छरिएका नेपालीहरुलाई अपिल गर्नुभएको छ । धाइरिङको प्रशिद्ध धार्मिक स्थल भुमे थानको अगाडि उभिएर आचार्यले विश्वभरका नेपालीहरु समक्ष आगमी कार्यकलको नेतृत्वका लागि साथ र सहयोगका लागि अपिल गर्नुभयो ।

लामो समयदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता, सम्पत्तिको सुरक्षा, नेपालमा लगानी प्रवर्द्धन र सुरक्षित रोजगारी लगायतका विषयहरु उठाउँदै आउनुभएका आचार्यले संघको आगामी कार्यकाल २०२१–२०२३ का लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।