राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला सम्पन्न

विकल्प न्यूज/बेनी
साउन २७ गते ।


नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको जिल्ला भेला बुधबार बेनीमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समिति द्वारा प्रत्यक जिल्लामा संगठन निर्माण गर्ने अभियान अन्तरगत म्याग्दीमा भेला गरिएको हो ।
भेलाबाट अमित बिश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देबी जिसी, सचिबमा राज कुमार परियार, सहसचिबमा शंकर पौडेल र कोषाध्यक्षमा बिजय परियार चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा हिरा किसान, हर्क खड्का, गोकुलदीप बिश्वकर्मा, बिकास बिश्वकर्मा अनुरागी, बिकास फगामी ज्ञानु राना मगर, सिता पुन, परमेश्वर कार्की, गौरी घताने लगाएत रहनु भएको छ ।

भेलाले बेनी नगरपालीका संयोजक कमल पौडेल, मंगला गाउँपालीका संयोजक मिलन बिश्वकर्मा, मालिका गाउँपालीका संयोजक एकेन क्षेत्री, धौलागिरी गाउँपालीका संयोजक बिपना बुढा, रघुगंगा गाउँपालीका संयोजक निर्मला गबुर्जा र अन्नपुर्ण गाउँपालीका संयोजक गंगा पुन लाइ चयन गरेको छ । त्यसैगरि महासंघ अन्तरगतको जननाट्य बिद्या संयोजकमा सन्तोष परियार, जन संगीत बिद्या संयोजकमा बल बहादुर परियार र जन साहित्य बिद्यामा दपर्ण रोकालाइ चयन गरिएको सचिब परियारले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टिको हरेक गतिबिधिमा राष्ट्रिय जन सांस्कृतिक महासंघको महत्वपुर्ण भुमिका रहने भएकाले यसको गठन आबश्यक रहेको बताउनुभयो ।

बिशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय नरदेबी पुनले कला संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको हुँदा आफु प्रदेश सरकारको सामाजिक बिकास मन्त्री हुँदा गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरेको बताउँदै प्रतिष्ठान संग समन्वय गरेर आबश्यक कार्य गर्न जिल्लाका कलाकारहरुलाइ अनुरोध गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासंघ केन्द्रीय सचिबालय सदस्य, गण्डकी प्रदेश संयोजक एबँ गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब मन कुमार श्रेष्ठले अब देशैभर महासंघलाइ गतिशिल बनाउने र जनमुखी र प्रगतिशिल साहित्य र सृजनाहरु मार्फत जनतासामु प्रस्तुत हुने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिबालय सदस्य एबँ बेनी नगर कमिटि अध्यक्ष प्रमोद श्रेष्ठ, जिल्ला लेखा परिक्षण कमिटि अध्यक्ष चन्द्र कुमार केसी, महासंघका केन्द्रीय सदस्य एबँ म्याग्दी जिल्ला संयोजक राजेन्द्र सापकोटा लगाएतले बोल्नु भएको थियो । महासंघ म्याग्दीका पुर्व उपाध्यक्ष रबि कार्कीको अध्यक्षता, भुपेन बानीयाँको स्वागत र अमित बिश्वकर्माको संचालनमा भेला सम्पन्न भएको थियो ।