कोरोना विरुद्धको खोपले आत्मविश्वास बढेको छ

माघ २० गते ।

कोरोनाविरुद्धको खोप म्याग्दीमा पनि लगाउन सुरु गरिएको छ । खोप लगाउन सुरु गरिएपछि नागरिकहरुमा आशा जगाएको छ । कोरोना भाइरस संक्रमणबाट त्रसित म्याग्दीवासीहरु खोप आएपछि भने उत्साहित भएका छन् ।

 एकवर्ष पहिला भित्रिएको कोरोना भाइरस संक्रमणका कारण नेपालभर झन्डै दुईहजारले ज्यान गुमाइसकेका छन् । म्याग्दीमा पनि कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएको छ । भने अहिले सम्म संक्रमितको संख्या दुइसय २५ पुगेको छ ।नयाँ भएकाले खोप लगाइसकेपछि देखिनसक्ने प्रतिकूल असरबारे हामीले सजग छौं ।

 खोप लगाएपछिस्वास्थ्यकर्मीहरुले सुरक्षित महशुष गरेको उनीहरुमा आत्मविश्वास बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनाराण लम्सालले बताउनुभयो । यसै सन्दर्भमा खोप अभियान सँग सम्बन्धित रहेर हाम्रा सहकर्मी साजन परियारले निमित्त स्वास्थ्य प्रमुख लम्साल सँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नवविकल्प कुराकानीमा यहाँलाई स्वागत छ ।
धन्यवाद !
कोभिडशिल्ड खोप अभियान सुरु भयो यसले कस्तो आशा जगाएको छ ?

मुख्य कुरा जो हामी विगत १ बर्ष देखि तनावपुर्ण वातवरणमा रहयौं कोरना महामारीको सन्दर्भमा विश्वकै मान्छेले प्रथाना गरेको कुरा हो कि कोरना विरुद्दको भ्याक्सिन बनोस र हामीले लगाउन पायौ भने शुरक्षित हुन सक्छौ भनि जुन विश्वले र आम समुदायले अपेक्षा गरेको र प्राथाना गरेको अहिले आएर पुरा भएको छ । जिल्लामा खोप आइसकेको छ । पहिलो चरणमा कोरोना विरुद्धको अभियानमा अग्रपंङ्तीमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाएका छौं जसले उत्साह र आशा जगाएको छ । खोपले कोरोना सँग लड्ने क्षमता बढाउदछ र संक्रमणबाट नागरिकहरुलाई बचाउँने विश्वास गरेका छौं ।

 

पहिलो चरणमा कस्ता कस्ता नागरिकहरु प्राथमिकतामा परेका छन ?

अव हामी पहिलो चरणमा नेपाल सरकारले नै प्राथामिकतामा राखेको स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी कार्यलयमा कार्यरत कर्मचारिहरु,स्वास्थ्य स्यमसेविकाहरु,गाउपालिका,नगरपालिकामा कार्यरत सरसफाईकर्मी,एम्बुलेन्स चालक,सववाहनमा खटिने कर्माचारीहरुलाई पहिलो चरणमा राखेका छौं । यसका साथै ७५ वर्र्ष भन्दा बढि उमेर पुगेका ज्येष्ठ नागरिकहरु, शुरक्षाकर्मी,जेलमा रहेका कैदीवन्दीहरुलाई पहिलो प्रथामिकताको राखेर खोप लगाइरहेका छौं ।

जिल्लामा अव कसरी अभियान संचालन हुन्छ ?

हामीले गत बुधबार देखि खोप संचालन गरिराखेका छौं विशेष गरि जिल्लाका पालिकाहरुमा आलोपालो गरि संचालन गरिराखेको छौं पहिलो चरणमाको खोप बेनी अस्पतालको खोपकेन्द्रबाट दिइरहेको छौं । यहि १४ र १५ मा वेनी नगरपालिका र मंगला गाउपालिका १६ र १७ गते अन्नपुर्ण र मालिका गाउपालिका १८ र २० गते धवलागिरी र रघुगंगा गाउपालिकामा र १९ गते वेनीका निजी अस्पतालमा कार्यरत कर्माचारीहरुलाई खोप लगाउने योजना बनाएका छौं ।

खोपको प्रभावकारिता कत्तिको छ ?

बास्तबमा खोपको विकासक्रम अलि लामो हुने भयकाले विगतमा बच्चाहरुमा लगाइने खोपको विकास क्रम हेर्ने हो भने ८/ १० वर्षको अनुसन्धानबाट खोप फाइनल हुन्छ । यो चाहि विश्वमा जुन माहामारी रहयो र मानिसहरुको मृत्यु भयो यसलाई नियन्त्रण गर्नको लागि छिटो निकालेको खोप हो । यसको ७० प्रतिशत सम्म प्रभाबकारिता हुन्छ भनिएको छ । अहिलेसम्मा वैज्ञानिकहरुले खासमा यसको यति नै प्रभावकारिता हुन्छ भन्ने त अनुशन्धानको पाटो पनि हो । किनभने हामिले भर्खरै खोप लिइरहेका छौं यसलाई बेला बेलामा परिक्षण गरेर फाइनल गर्ने कुरा हो । स्वास्थ्य विभागबाट ७० प्रतिशत हुन्छ भनिएको छ ।

खोपले असर गर्छ कि गर्देन,नागरिकलाई कसरी विश्वास दिलाउनु हुन्छ ?

अब के छ भने खोप भनेको शररिमा लाग्ने रोगहरुको कारक तत्वहरु बढाउने हो । यो सुइबाट लगाउने हो । सुई लगाउदा कोपिसकेपपछ दुख्नु, हल्का ज्वोरो आउनु,थकाइ लाग्नु शरिर आलस्स हुनु ,टाउको दुख्ने , वाकवाकी लाग्ने, शरिर दुख्ने जस्ता सामन्य असरहरु हुन सक्छन। यि असरहरु खोप लगाएको ५ / ६ घण्टा बाट सुरु हुने र १ दिन पछि आफै हराउने हुन्छन । यि लक्षणहरु सामान्य हुन कोही डराउनु पर्देन । त्यो बाहेक तेस्तो कुनै असर परेको पाइएको छैन । हिजो हाम्रो जिल्लामा खोप लगाएकाहरुलाई ज्वोरो आउने , वान्ता हुने सामन्य लक्षण देखिएको भन्ने कुरा सुनिएको छ । तर त्यस्तो खासै असर परेको छैन । ढुक्कका साथ लगाउन अनुरोध गर्दछु ।

सर्वसाधरण नागरिकले कहिले सम्ममा खोप लगाउन पाउछन त ?

अहिले हामीले पहिलो प्रथामिकताको क वर्गलाइ दिईरहेका छौं । सरकारले ख वालाको तयारी गर्न भनिसकेको छ । त्यसपछि प्रथामिकता २ मा पर्ने जो ५५ देखि ७४ वर्षको नागरिक र अरु समस्या भएको ४० वर्ष देखि ५४ वर्षको उमेर समुहको व्यक्तिलाई प्रथामिकता २ मा राखेको छौं ।

पहिलो प्रथामिकता सकिएपछि दोस्रो चरणको होला । दोस्रो प्रथामिकता सकिएपछि तेस्रो प्रथामिकतामा १५ वर्ष उमेर समुह भन्दा माथिका जो निरोगी मानिसहरुलाई खोप दिने भन्ने योजनामा सरकारले राखेको छ ।

भ्याक्सिनको उपलब्धता भयो भने १८ वर्ष भन्दा मुनिकालाई हामी भ्याक्सिन दिदैनौ त्यो भन्दा माथिकाले आश गरांै वैशाख सम्मामा पाउनुहोला जस्तो लाग्छ । हाम्रो त्यो खालको तयारी छ तर भ्याक्सिन नेपालमा बन्ने होइन वाहिरबाट ल्याउनु प¥र्यौ विश्वभरी कोरना छ । भ्याक्सिनको माग बढि छ । उत्पादक कम्पनिले माग धान्न सक्छ कि सक्दैन ति सबै वातवरण मिले सरकारले छिट्टै दिने योजना छ । यहि दिन भन्न त सकिदैन तर यो आर्थिक वर्षमा पाउनुहुन्छ जस्तो लाग्छ ।

अन्त्यमा केही छन कि छुटेका कुरा ?

एकदमै समय सार्दभिक विषयमा कुराकानी गर्ने अवसर दिलाउनु भएकामा नवविकल्प परिवारलाई धन्यबाद छ । जिल्लामा खोप कार्यक्रम चलिरहेको र खोप लगाएकालाई समस्या पनि भएको होला ? यो के कसो होला ? भन्ने सन्दर्भमा सर्वसाधारण नागरिकहरुलाई जानकारी दिन स्थान दिनुभएकोमो यहालाई हादिक धन्यवाद दिदै अहिले जो प्रथामिकतामा हुनुहुन्छ उहाँहरुलाई कोरना विरुद्दको खोप ढुक्क भएर लगाउन यहाँको मिडिया मार्फत अनुरोध गर्दछु । नवविकल्प साप्ताहिकमा प्रकाशित