मोडलिङ क्षेत्रमा उदाउँदै छिन देविस्थानकी पविता

विकल्प न्यूज/बेनी
माघ १६ गते ।  
सानै देखि नृत्यमा रुची राख्ने मालिका गाउँपालिका देविस्थानकी पविता पुन भर्खर कलाकारिता क्षेत्रमा पाइला सार्दै छिन् । नृत्यमा शिखर चढ्दै गरेकी पवितालाई आजकल भ्याइनभ्याई छ ।

सानो छँदा स्कुल र गाउँघरमा नृत्य प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुने गरेकी थिएँ, पविताले भनिन् ‘कलाकारिता क्षेत्रमा भविष्य देखेकी छु । अवसर पाएँ भने चलचित्रमा पनि अभिनय गर्ने सोच छ ।’ उसो त अहिले सम्म पविताले ८ वटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

२२ वर्षीय पविता पुन कक्षा १२ सम्मको अध्ययन गरेकी छिन् । कलाकारिता क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने उनको अठोट छ । ‘कलाकारिता क्षेत्रमा लागेर भविष्य बनाउनेहरू देखेकी छु । अब म पनि यसै क्षेत्रमा रमाएर करिअर चम्काउन चाहन्छु,’ उनले भनिन्, ‘सानो सानो छँदा स्कुल र गाउँघरका कार्यक्रममा नृत्य गर्दथे ।

अब यसैलाई पेशाका रुपमा अगाल्ने सोचमा छु ।’ लोकगीतबाट अभिनय गर्न सुरु गरेकी पवितालाई चलचित्रमा समेत अफर आएमा पछि नहट्ने उनले बताइन । ‘मेरो सोच ठूलो पर्दाको चलचित्रमा अभिनय गर्ने छ उनले भनिन सबैको साथ सहयोग पाएमा एकदिन पक्कै मेरो सपना साकार हुन्छ ।’ मेरो नृत्य मनपराएर बेनी,बागलुङ,पर्वत र पोखरामा बोलाउने गरेको उनले बताइन । ‘कलाकारिता क्षेत्रमा परिश्रम गर्नसके नामका साथै दाम पनि छ ।’ उनले भनिन ।

बेनीको एक कार्यक्रमा नृत्य प्रस्तुत गर्दै पविता पुन । तस्विर सौजन्य किरण फोटोग्राफी बेनी