ताजा समाचार:
Search

कलाकार अस्मी थापाले मनाइन अनाथ बालबालिका सँग जन्मदिन

विकल्प न्यूज/बेनी
असोज १५ गते ।   म्याग्दीकी कलाकार अस्मी थापाले बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरु सँग जन्मदिन मनाएकी छिन । धौलागिरि गाउँपालिका ७ धारापानी की कालार थापा विहिवार बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा पुगेर अनाथ बालबालिका सँग जन्मदिन मनाएकी हुन । थापाले बालबालिकाहरुलाई विस्कुट,फ्रुटी लगायतका खानेकुराहरु प्रदान गरेकी थिइन । अनाथ बालबालिकाहरु सँग बसेर जन्मदिन मनाउँदा आफूलाई खुसी लागेको थापाले बताईन । बालगृहका केन्द्रप्रमुख सुजन केसीले अस्मी थापालाई बालगृहमा स्वागत गर्नुभएको थियो । अनाथ बालबालिका सँग बसेर जन्मदिन मनाउँदा समाजमा सकरात्मक सन्देश सञ्चार हुने बालगृहकी सावित्रा थापामगरले बताइन ।

कलाकार थापा म्याग्दीकी उदयमान कलाकार हुन । करिब एकदर्जन भन्दा धेरै म्यूजिक भिडियोहरुमा थापाले अभिनय गरिसकेकी छिन् ।