‘यसपाली दशैंमा’ गीत सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
असोज ९ गते । बेनीका कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई गीतमा समेटिएको छ ।

अन्तरजातिय बिबाहबाट सफल भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । बेनी सामुदायिक विद्यालयका शिक्षक समेत रहेका बानियाँ पछिल्लो समय गीत संगीतमा पनि उदायमान कलाकारका रुपमा पहिचान बनाएका छन् । एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा बानियाँले अभिनय गरिसकेका छन् ।  भुपेन बानियाँको निर्देशनमा तयार पारिएको गीति एल्बममा बाल गायिका सुदिक्षा सुनार,बलबहादुर परियार र नानु परियारले स्वर दिनुभएको गीतको शब्द लय बलबहादुर परियारको छ ।

क्रियटिभ भिडियो प्रोडक्सनले निर्माण गरेको म्यूजिक भिडियोमा बानियाँका साथै श्रद्धा क्षेत्री,प्रियाङ्क विश्वकर्माले अभिनय गर्नुभएको छ । गीतलाई बिबि क्रियशनको युटुबबाट सार्वजनिक गरिएको छ ।