ताजा समाचार:
Search

बेनीमा मास्क नलगाई हिड्नेलाई च्याप्प समाउँदै गाडीमा हाल्दै (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी
साउन १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा मास्क नलगाई हिडडुल गर्ने सर्वसाधरणहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै प्रहरी प्रशासनले न्यूनतम स्वास्थ्य सुरक्षाका नियमहरु पालना नगर्नेहरुलाई कडाई गर्न थालेको हो ।

मास्क नलगाई हिडेका पचासजनालाई विहिवार बेनीबजारका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरी सेचत बनाएर छाडेको प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । लकडाउन हटेपनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका नियमहरु पालन गरेर मात्र हिडडुल गर्न प्रहरीले अनुरोध गरेको छ । 

 

प्रहरीको अभियान हाम्रै स्वास्थ्यका लागि हो । स्वास्थ्य सुरक्षाका उपायहरु पालना गरौं कोरोना भाइरस संक्रमण हुनबाट आफू पनि बचौं अरुलाई पनि बचाउ ।