ताजा समाचार:
Search

बेनी–अर्थुङ्गे सडकमा ठूलो पहिरो ( भिडियो/फोटो)

विकल्प न्यूज/बेनी
साउन १५ गते । गत सोमबार राती परेको अविरल वर्षाका कारण किष्णेको पाखोबाट आएको ठूलो पहिरोका कारण बेनी – अर्थुङ्गे सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेनीबजारमा नियमित रुपमा दुध सप्लाई गर्ने किसानलाई ठूलो समस्या भएको छ । बेनी नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि सडक माथिबाट ठूलो पहिरो खसेकाले तत्काल सडक खुलाउने संभावना भने देखिदैन । पहिरोका कारण बेनीमा रहेका सरकारी कार्यालयहरु जोखिममा परेका छन् । तस्विर÷भिडियो ठाकुरप्रसाद आचार्य