लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी
जेठ ८ गते ।
म्याग्दीका लोक दोहोरी गायक रामु रिजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो ।

गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । तनहँ र दमौली लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको छ । सो लोकदोहोरी गित माया प्रितीमा आधारित रहेको लोक गायक रिजालले बताउनुभयो । ‘सम्झना’ गित मार्फत औपचारिक रुपमा सांगितीक यात्रा थाल्नुभएका लोक गायक रिजालले गितले सफलता पाउनेमा विश्वास व्यक्त गर्नुभयो । यस गितको सफलता संगै छिट्टै अर्काे गित प्रस्तुतीको तयारीमा रहेको उहाँले बताउनुभयो ।

म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्य र कोरियोग्राफ होम गुरुङले गर्नु भएको छ भने छायाँकन गणेश सापकोटाको रहेको छ । गायक रीजालको शब्द र लोक गायक अमित बिश्वकर्माको लय सृजना रहेको उक्त गीतमा रीजाल र लोक गायीका रीना केसीको स्वर रहेको छ । लोक गायक बिश्वकर्मा र लोक गायिका शान्ता परियारको कोरस आवाज रहेको गीतको संगीत संयोजन चर्चित एरेन्जर तारानाथ आचार्यले गर्नुभएको हो ।