ताजा समाचार:
Search

जनप्रतिनिधिहरु पार्टीको कमाण्डमा छैनन्

विकल्प न्यून/बेनी
चैत्र ३ गते

स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि राजनीतिक दलको भूमिका कस्तो छ ? स्थानीय तहले बनाउने नीति तथा कार्यक्रम र योजनामा उनीहरुको सहभागिता छ कि छैन । राजनीतिक दलको योजना र कार्यक्रमहरुलाई जनप्रतिनिधिहरुले कार्यान्वयन गरेका छन वा छैनन् । जनप्रतिनिधिबाट राजनीतिक दलले के अपेक्षा राख्छन् ? यस्तै विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धौलागिरि गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदी सँग हामीले साक्षात्कार गरेका छौं ।
यहाँलाई स्वागत छ ।
धन्यबाद !

 स्थानीय तहमा नेकपाले के कस्ता गतिविधिहरु सञ्चालन गरेको छ ?

धौलागिरि जिल्लाकै विकट गाउँपालिका हो । भौगोलिक विकटताका कारण स्वभाविक रुपमा अन्य गाउँपालिका भन्दा यहाँ राजनीतिक गतिविधिहरु फरक खालले सञ्चालन हुन्छन् । पार्टीले अहिले तिनमहिने अभियान सञ्चालनको तयारी गरेको छ । पार्टी सदस्यता नविकरण,टोल र सेल कमिटी निर्माण गर्दै एकतालाई मजबुद बनाउन लागेका छौं । साथै अव सञ्चालन हुने अभियानले संगठनलाई थप सुदृढ बनाउने विश्वास लिएका छौं । अभियानले जनता सँगको सम्बन्धलाई थप बलियो बनाउनुका साथै सरकारले गरेका राम्रा कामहरुको प्रचार समेत गर्ने छ । साथै पार्टीको भेला र वैठक पनि नियमित रुपमा राख्ने गरेका छौं । समग्र रुपमा भन्नुपर्दा पार्टी धौलागिरि गाउँपालिकामा चलायमान छ ।

जनप्रतिनिधिहरु आएपछि दलहरुको भूमिका खुम्चीएको र पालिकास्तरमा पार्टी संस्थागत नभएको भन्ने गुनासो छ नी ।

दलहरुको भूमिका खुम्चीएको होइन । झन फराकिलो भएको छ । पालिका स्तरमा स्थानीय सरकार छ । सरकारलाई सहि मार्गमा डो¥याउने भूमिका भनेकै पार्टीको हो । पार्टीको सिफारिसमा उम्मेदवार बनेर उनीहरु निर्वाचित भएका हुन । तर यहाँ के छ भने जनप्रतिनिधिहरुले दलको भूमिकालाई कमजोर बनाउने प्रयास गरेका छन् । हामी जनताबाट चुनिएर आएका छौं, पार्टी हामीलाई चाहिदैन भन्ने जस्तो व्यवहार उनीहरुले गरेका छन् । नेकपाको सवालमा हामीले पार्टीलाई संस्थागत रुपमा बलियो बनाएर लैजाने योजना बनाएका छौं । हामीले भर्खर मात्र एकतालाई टुंगाएका छौं । एकताको भाव तल्लो तह सम्म पु¥याउन हामीले तिनमहिने अभियान सञ्चालन गरेका छौं । जसले पार्टीलाई बलियो र संस्थागत बनाउन सहयोग पु¥याउँछ ।

 स्थानीय सरकारका गतिविधिहरुलाई पार्टीले कुन रुपमा लिएको छ ?

स्थानीय सरकारका कामकारवाहीबाट पार्टी सन्तुष्ट छैन । पार्टीले दिएको योजना तथा कार्यक्रमलाई उनीहरुले कार्यान्वयन गर्न अटेरी गरेका छन् । पार्टीको कमाण्डमा जनप्रतिनिधिहरु छैनन् । हिजो पार्टीले पठाएका जनप्रतिनिधिहरुमा पार्टीको निर्देशन पालना गर्नुपर्दछ भन्ने सोच छैन । पार्टीले दिएको निर्देशनलाई उनीहरुले अटेरी गर्दछन् । पार्टीले दिएको योजनालाई उनीहरुले कार्यान्वयन गर्दैनन् । गाउँपालिकाको विकासका लागि पार्टीले अल्पकालिन, दिर्घकालिन र मध्यकालिन योजनाहरु बनाएर जनप्रतिनिधिलाई बुझाएका छौं तर उनीहरु कार्यान्वयन गर्दैनन् । आफूखुसी चलेका छन् । जुन हिसावले आफूलाई फाइदा पुग्छ त्यही काम गर्दछन् । जसले पार्टीलाई अफठ्यारो बनाएको छ ।

 भनेपछि पार्टीले दिएका योजनाहरु कार्यान्वयन हुँदैनन ?

जनप्रतिनिधि आएको तिन वर्ष हुन लाग्यो पार्टीले दिएका कुनै पनि योजना कार्यान्वयन भएका छैनन् । पार्टीको वैठकमा आउँछन् कुरा पनि सुन्छन् तर योजना कार्यान्वयन गर्न सक्दैनन् । उनीहरु कर्मचारीले भनेको मान्दैनन् भन्ने कुरा गर्दछन् । पार्टी त केही पनि होइन भन्ने बुझाई जनप्रतिनिधिहरुको छ । छलफल भएका छन् तर कार्यान्वयन हुँदैन । पार्टीकै नेता तथा सदस्यहरु स्थानीय सरकारमा भएपछि पार्टीले अघि सारेको योजना उनीहरुले कार्यान्वयनमा लैजाने हो नी त्यो हुन सकेको छैन । पार्टीको नीति र मार्गदर्शनलाई उनीहरुले मान्दैनन् । कर्मचारीले भनेको मान्दैनन भन्ने कुरा जनप्रतिनिधिहरुको छ । यो उनीहरुको लाचरीपना हो ।

जनप्रतिनिधिहरुको कार्यशैली ठिक भएन भन्नुभएको हो ?

हो, उनीहरुको कार्यशैली ठिक छैन । यसले स्थानीय तहलाई बदनाम बनाउँछ । पार्टीलाई असर पु¥याउछ । गाउँपालिकाबाट विनियोजन भएका योजनाहरुको उपभोक्तामा जनप्रतिनिधिहरुले आफ्ना नातेदारहरुलाई उपभोक्ता समितिमा राखेका छन् । कुनै कुनै ठाउँमा त जनप्रतिनिधिकै एकाघरका व्यक्तिहरु उपभोक्ता समितिमा वसेका छन् । पार्टीले यस्तो नगरौं पनि भनेको छ । एउटै व्यक्ति सात भन्दा वढी योजनाको उपभोक्तामा वस्छन् । यो रोक्ने त जनप्रतिनिधिहरुले हो नी ! जसले बेथिति ल्याएको छ । आफ्ना परिवारका सदस्यहरुलाई उपभोक्ता समितिको अध्यक्ष लगायत सदस्यहरुमा राखेर के गर्न खोजेका हुन बुझ्न कठिन छ ।
ड्ड नेकपाकै नेतृत्वमा स्थानीय सरकार छ ।

पार्टी र स्थानीय सरकार विच समन्वय छैन ?

छ तर उनीहरु पार्टी सँग समन्वय गर्न चाहदैनन् । पार्टीले त समय समयमा वैठक,भेला गरिरहेको छ । जहाँ केही जनप्रतिनिधिहरु पनि आउनुहुन्छ । कुनै त वैठकमा नै आउने गर्नुभएको छैन । तर स्थानीय सरकार सञ्चालन गर्दा पार्टी सँग समन्वय गर्दैनन् । गाउँपालिकामा क्रियाशिल अन्य पार्टी सँग पनि समन्वय र सहकार्य गरेर अघि बढ्ने हो नी त्यो छैन हाम्रो गाउँपालिकामा ।

गाउँपालिकाको नीति,योजना र कार्यक्रम बनाउँदा पार्टीहरुलाई सहभागिता गराइदैन ?

सहभागि गराउने गरिएको छैन । अन्य गाउँपालिकामा दलहरुको पनि राय सुझाव र सल्लाह लिएर गाउँपालिकाको नीति तथा कार्यक्रम र योजना निर्माण गरिन्छ भनेको सुनेको छु । तर हाम्रोमा अहिले सम्म गाउँसभामा बोलाइएको छैन । हाम्रो विचार राख्न प्रतिबन्धीत गरिएको छ । दलहरुको भूमिकालाई प्रतिबन्धीत गरेर जनप्रतिनिधिहरु हावी हुने चाल हो या,े जसले ठिक ठाउँमा पु¥याउँदैन । उनीहरुले सामान्य सरसल्लाह र राय समेत लिन खोज्दैनन् ।

भने पछि स्थानीय तहमा बेथिति बढ्दो छ भन्ने बुझ्दा हुन्छ !

जनप्रतिनिधिहरुको कार्यशैलीका कारण स्थानीय तहमा बेथिति मौलाउँदो छ । यसले भोली स्थानीय तहमा अख्तियारले हात हाल्यो भने के हुन्छ ? यसले पार्टीलाई समेत अफ्ठ्यारो पार्दछ । त्यसैले पार्टीले जनप्रतिनिधिहरुलाई सचेत बनाउने गरेको छ । धेरै बेथितिहरु छन् । जनप्रतिनिधिहरुले सुधार गर्नुपर्दछ ।

अन्तमा ः स्थानीय तहलाई के सुझाव दिनुहुन्छ ?

स्थानीय सरकार सञ्चालन गर्ने जनप्रतिनिधि र कर्मचारीहरुले दलहरु सँग राय सल्लाह र सुझाव लिएर अघि बढ्नुप¥यो । गाउँपालिकाको विकासका लागि ठोस योजना बनाउनुप¥यो । बेथितिलाई नियन्त्रण गर्न ध्यान दिनुप¥यो । गाउँपालिकाको नीति तथा कार्यक्रम बनाउँदा दलहरुलाई सहभागि गराउनुप¥यो । गाउँसभामा दलहरुलाई आफ्ना विचारहरु राख्ने अवसर दिनुप¥यो । गाउँपालिकाको समग्र विकासका लागि दिर्घकालिन,मध्यकालिन र अल्पकालिन योजनाहरु बनाएर अघि वढ्नुप¥यो । नवविकल्पमा प्रकाशित