ताजा समाचार:
Search

बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने

म्याग्दी / विकल्प
मंसीर २० गते । म्याग्दीको बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने भएको छ । सिकेयु डेनमार्कको सहयोगमा आर्ट ल्याब काठमाडौले आगामी पुष ५ देखि ११ गतेसम्म निशूल्क चित्रकला प्रशिक्षण सञ्चालन गर्ने भएको हो ।

पाना, कपडा, भित्ता, सडक लगायतका ठाउँमा रंगिन चित्र बनाउने तरिकाको बारेमा स्थानीय कलाकारहरुलाई तालीम दिइने आर्ट ल्याबका रोमेल भट्टराईले बताउनुभयो । उहाँका अनुसार ‘प्रसाद’ अभियान अन्तरगतको प्रशिक्षणमा विद्यार्थीहरुका साथै चित्रकलामा रुची राख्नेलाई अवसर दिइनेछ् ।

12312487_10153567367942034_1790827899_n

स्थानीय प्रतिभालाई अवसर सृजना गर्ने, महँगो होटल र क्यानभासमा सिमित चित्रकलालाई आम सर्वसाधारणमाझ ल्याउन सहभागिहरुले बनाएको चित्रको सार्वजनिक ठाउँमा प्रर्दशनी गरिने आर्ट ल्याबका प्रतिक श्रेष्ठले बताउनुभयो ।

सहभागिहरुलाई म्याग्दीका सामाजिक क्षेत्रमा योगदान गरेका, चर्चीत व्यक्ति, खेलाडी र कलाकारको स्केच बनाउन लगाई प्रर्दशनी गर्ने योजना रहेको छ । प्रसाद परियोजना अन्तरगत यसअघि धरान, बिरगञ्ज, पोखरा र काठमाडौमा पनि चित्रकला प्रशिक्षण भएको थियो । सन्तोष गौतम