ताजा समाचार:
Search

कामाना सहकारीको चौथो साधारणसभा

12308665_991404190915682_8960762669814648855_n

विकल्प/म्याग्दी
मंशीर १९ गते ।
म्याग्दीको बेनीस्थीत कामना बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सनिबार बेनीमा सम्पन्न भएको छ । ५७ जना शेयर सदस्य रहेको सहकारीले स्थापनाको चौथो वर्षमै बेनी नगरपालिका–६ स्थीत न्यूरोडमा आफ्नै नाममा घरजग्गा खरिद गर्ने प्रकृया शुरु गरेको साधारणसभाका अवसरमा अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी गराउनुभयो ।
साधारणसभाका अवसरमा सहकारीका सचिव सुवर्ण रिजालले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति तथा कोषाध्यक्ष दामोदर शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतबाट पारित भएको थियो । सहकारी स्थापनाको छोटो समयमै अपेक्षिक आर्थिक उपलव्धी हासिल गर्दै अधिक ग्राहकहरुको मन जित्न सफल भएको साधारणसभाको प्रतिबेदनमा जनाइएको छ ।

सहकारीले आउँदो दुई महिनाभित्रमा आफ्नै स्वामित्वको घरजग्गा खरिद गर्ने र दुई वर्ष भित्रमा धौलागिरिकै उत्कृष्ठ सहकारीका रुपमा स्थापित हुनेगरि काम अघि बढाइएको सहकारीको सञ्चालक समिति सदस्य अगन्धर तिवारीले बताउनुभयो ।

12299231_991406170915484_5326752500829760518_n

सहकारीका सदस्य तथा कर्मचारीहरुको निरन्तरको योगदान भएमा अपेक्षित उपलव्धी हासिल हुने सदस्य तिवारीको भनाई छ । सहकारीले चालु आर्थिक वर्षसम्म करिव दुइकरोड ३१ लाख ९ हजार लगानी र एक करोड ८६ लाख ८६ हजार पाँच सय ६६ रुपैयाँ निक्षेप संकलन गरेको सभाका अवसरमा जानकारी गराइएको थियो । संस्थाको शेयर पुँजी ६५ लाख ९५ हजार रहेको र यसै वर्षभित्र त्यसलाई बढाएर डेढ करोड पु¥याउने बताइएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुबिचको एकतालाई मजबुत पार्नका लागि शनिबार नै मैत्रिपुर्ण बनभोज कार्यक्रमको आयोजना गरेको थियो । ठाकुरप्रसाद आचार्य