राष्ट्रिय समाचार

कमिशनको लोभमा स्वीकृति नपाएका पाठ्यपुस्तक भिराउँदै बोर्डिङ स्कुल

ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख ११ गते । म्याग्दीका निजी विद्यालयहरुले कमिशनको लोभमा अनिवार्य नभएका पाठ्यपुस्तकहरु बालबालिकाहरुलाई भिराएका छन् । पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरद्धारा स्वीकृति प्राप्त पाठ्यपुस्तक मात्र बालबालिकाहरुलाई पढाउनुपर्नेमा कमिशनको लोभमा स्वीकृति नभएका पाठ्यसामग्री खरिद गर्न बोर्डिङ स्कुलहरुले बाध्य बनाएका हुन । बेनीका केही बोर्डिङ स्कुलहरुले नर्सरी,एलकेजी र युकेजीमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वर्णीम पब्लीकेशनद्धारा प्रकाशित […]

नारच्याङमा शसस्त्रको विपद् उद्दारको नमुना अभ्यास

विकल्प न्यूज/बेनी बैशाख १० गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार शसस्त्र प्रहरी बल नेपालले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शसस्त्र प्रहरीको नारच्याङ स्थित विपद् व्यवस्थापन वेश क्याम्पको आयोजनामा उद्दारको नमुना प्रर्दशन गरिएको हो । विपद्मा खटिने जनशक्तिको क्षमता अभिवृद्धी र समुदाय स्तरमा विपद् पूर्वतयारीका विषयमा सचेतना फैलाउने उद्देश्यले नमुना अभ्यास प्रर्दशन […]

मल्लाज दह जिसी दम्पती हत्या ः ४० प्रहरी निरन्तर अनुसन्धानमा

विकल्प न्यूज/बेनी बैशाख १० गते ।  म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा २२ दिन अघि भएको एक दम्पतीको हत्यामा प्रहरीले अहिले सम्म शंकास्पद व्यक्ति पहिचान गर्न सकेको छैन । अनुसन्धानको विशिष्टीकृत इकाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत खटिँदा पनि अहिलेसम्म प्रहरीले संदिग्धलाई पहिचान र पक्राउ गर्न सकेको छैन । […]

पोखरामा ‘ट्याक्सीले मिटर चलाएन, १०३ मा फोन गर्नुस्’

वैशाख १० गते ।  गण्डकी प्रदेशको राजधानी पोखरामा मिटरमा नचल्ने ट्याक्सीमाथि निगरानी बढाइएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीले पोखरा महानगरभित्र मिटरमा नचल्ने ट्याक्सीलाई कारबाही गरिरहेको छ । यो आर्थिक वर्ष सुरु भएपछि पाँच सय चार ट्याक्सीलाई कारवाही गर्दा १४ लाख २८ हजार दुई सय राजस्व सङ्कलन भएको छ । आइतबारमात्र मिटरमा नचल्ने १३ ट्याक्सीलाई […]

‘अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं’

विकल्प न्यूज/बेनी बैशाख ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक टे«निङ मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्याग्दीको बेनीमा माउण्टेन बाइकको एड्भेन्चर प्रालि स्थापना हुनु […]

बाबियाचौरमा धार्मिक महोत्सव सुरु

विकल्प न्यूज/बेनी बैशाख ९ गते । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्वुलेन्स खरिद गर्ने मुख्य उदेश्य लिएर आयोजना गरिएको महायज्ञको शनिवार मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद […]

म्याग्दीमा आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै

म्याग्दी, वैशाख ४ गते ।   रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई जानुभएका म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर विक भिसा अवधि सकिएपछि दुई वर्षअघि सामान आपूर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थाल्नुभएको थियो । होटलमा राम्रै कमाई गरिरहेका विकले भिसाको म्याद सकिएपछि थप प्रक्रिया पूरा नगर्दा नयाँ कम्पनीले सेवा सुविधा नदिएपछि बिलखबन्दमा […]

रुमको दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

गलेश्वर (म्याग्दी), वैशाख ४ गते ।  म्याग्दीको दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन् । नीलो आकाशमुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस । क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल । तरेली परेको भिरालो […]

रहस्मय बन्दै दम्पती हत्या घटना ः दुईहप्तामा पनि पत्ता लागेन हत्यारा

विकल्प न्यूज/बेनी बैशाख ४ गते । म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाज दहमा एक दम्पतीको हत्या भएको दुई हप्ता वितिसककेको छ । तर प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन् । गत चैत १९ गते सोमबार राती ६९ वर्षीय सूर्यबहादुर क्षेत्री र उहाँको ६७ वर्षीय श्रमती गमला क्षेत्रीको हत्या भएको अवस्थामा घरमै […]

माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी

विकल्प न्युज/ बेनी बैशाख ३ गते । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा सेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन् । बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बहादुर […]

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

२ वैशाख, पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु […]

बाबियाचौरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र एम्वुलेन्स खरिदका लागि महायज्ञ ः तयारी तिव्र

विकल्प न्यूज/बेनी बैशाख २ गते । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गतेदेखि १६ गते […]

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी बैशाख २ गते । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् । दुई वर्ष भित्र […]

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

म्याग्दी, चैत ३० गते । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको […]

पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर

बेनी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो । १०० वटा कुकुरको बन्ध्याकरण गर्ने […]