Breaking News

काभ्रेभिरमा अवरुद्ध सडक खुल्यो

विकल्प न्यूज/बेनी असोज ७ गते । बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डको काभ्रेभिरमा अवरुद्ध सडक आइतवार साँझदेखि खुलेको छ । नेपाली सेना र नेपाल प्रहरीले विस्फोटक पदार्थको सहायताबाट पहरा फुटाएर ट्रयाक खोलेको हो । एकहप्ताको प्रयासपछि सडक खुलाइएको छ । मुस्ताङ जाने तिर्थयात्रीको चाप हुने समयमा सडक बन्द हुँदा समस्या हुने भएकाले सडक […]

तल्लो मोदीको ९५ प्रतिशत काम सकियो, दशैं अघि बिजुली बाल्ने लक्ष्य

विकल्प न्यूज/पर्वत असोज ७ गते । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो । स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुन नसकेको […]

विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज ६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आठौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०६८ सालमा स्थापित सहकारीमा ३ सय ३७ जना शेयर सदस्य रहेका छन्भने कुल शेयर पुँजी दुई करोड ६९ लाख ८६ हजार ९०० रुपैयाँ रहेको […]

बेनी बचत तथा ऋण सहकारी संस्थाको साढे २७ करोड लगानी

विकल्प न्यूज/बेनी असोज ६ गते ।     म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै […]

कस्तुरी सहकारीको अध्यक्षमा पुनः शाक्य चयन

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः राजेश शाक्य निर्वाचित हुनुभएको छ । विहिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, सहसचिवमा सुविन श्रेष्ठ र कोषाध्यक्षमा सुन्दरमान शेरचन चयन हुनुभएको […]

म्याग्दी खोला जलविद्युतको पीपीए, पाँच वर्षमा बिजुली उत्पादन

विकल्प न्यूज/बेनी असोज ४ गते । विद्युत् प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच ‘म्याग्दी खोला जलविद्युत् आयोजना’ (५७.३ मेगावाट) को विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । पीपीएमा आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्। आयोजनाले पाँच वर्ष भित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। […]

कस्तुरी सहकारीद्धारा शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग

विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसका अवसरमा परोपकारी कार्यमा क्रियाशिल ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गरेको छ । विहिवार सहकारीको नवौं बार्षीक साधारसभा तथा तेस्रो अधिवेशनमा संस्थाका अध्यक्ष राजेश शाक्य,प्रमुख अतिथि बेनी नगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शान्तिकोषका कोषाध्यक्ष खमवहादुर थापालाई उक्त रकम […]

कमिशनको लोभमा जिल्लामा एककपि पनि नआउने पत्रिकामा बेनपाको सूचना !

विकल्प न्यूज/बेनी असोज ४ गते ।  कमिशनको खेलमा जिल्लामा एक कपि पनि नआउने पत्रिकामा बेनी नगरपालिकाले सूचना प्रकाशित गरेको छ । विज्ञापनबाट कमिशन पाउने लोभमा जिल्लामा नै विक्री वितरण नहुँने पत्रिकामा बेनी नगरपालिकाद्धारा सूचना प्रकाशित गरिएको हो । असोज २ गते नेपाल समाचारपत्र दैनिकमा फोहोर मैला व्यवस्थापन सम्बन्धि प्रस्ताव आहवन र नदी जन्य पदार्थको उत्खनन […]

संविधान दिवसका अवसरमा बेनी जोगाउन श्रमदान (फोटो)

विकल्प न्यूज /बेनी असोज २ गते ।      संविधान दिवस २०७५ का अवसरमा कालीगण्डकी नदी किनारमा श्रमदान गरिएको छ । कालीगण्डकी नदीको कटानबाट बजारलाई जोगाउन श्रमदान गरिएको हो । जनप्रतिनिधि,कर्मचारी,उद्योगी व्यवसायी,नेपाल प्रहरी र सर्वसाधारणहरुले नदी किनारमा दुइघण्टा श्रमदान गरेका हुन । नदीको कटानबाट बेनीलाई जोगाउन ग्यावियन झाली भरिएको हो । गत बुधवार कालीगण्डकी नदीमा […]

अन्नपूर्ण क्षेत्रका होटलको क्षमता विस्तार गरिँदै

पोखरा, असोज २ गते । अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी […]

कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन माग

विकल्प न्यूज/बेनी असोज १ गते ।गण्डकी प्रदेशको आईतबार बसेको संसद बैठकमा बेनी बजार संरक्षणका लागि निर्माणाधिन कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने आवाज उठेको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले शून्य समयमा बोल्दै निर्माणाधिन पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको हो । “नदी कटान नियन्त्रणका लागि निर्माणाधिन पर्खाल भत्कीनुमा कालीगण्डकीमा […]

ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी

३१ भदौ, म्याग्दी ।  म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला […]

न्याय माग्दै बेनीमा प्रदर्शन

विकल्प न्यूज/बेनी भदौ ३० गते ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा बेनी नगरपालिकाकी उपप्रमुख सहित महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर महिलाहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बालिका पन्तको अत्यारालाई कानुनी कठघरामा […]

बेनी जोगाउन श्रमदान (फोटोफिचर)

विकल्प न्यूज/बेनी भदौ ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पक्की पर्खाल भत्काएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीयवासीहरु श्रमदानमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार बेनी नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी,शसस्त्र,नेपालीसेना,उद्योगी व्यवसायी र सर्वधारणहरुको सहभागितामा नदी किनारमा ग्याविन झाली निर्माण सुरु गरिएको छ । बेनपाका ७ र ८ नम्बर वडाका […]

बेनीलाई कसरी जोगाउने ?

नवविकल्प राउन्ड टेबलप्रि–मनसुन सुरु भएको छ । लगातारको भूकम्प पराकम्पनले पहाड चर्कने र पहिरो खस्ने क्रम म्याग्दीमा जारी छ । काफलडाँडा पहिरो भूकम्पले खसेको हो । १६ घन्टा कालिगण्डकी थुनियो र विश्वले म्याग्दीमा आँखा केन्द्रित ग¥यो । तर, के सम्भावित मनसुन विपत्तिलाई लिएर हामी सतर्क छौं ? उद्धार, राहत र पुननिर्माणमा सजग छौं ? मुस्ताङको […]