Breaking News

पर्यटकीय गन्तब्य बन्दै रातोपानी तातोपानी कुण्ड

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १६ गते । कालिगण्डकी कोरिडोरमा पर्ने अन्नपूर्ण गाउँपालिका ६ को रातोपानी स्थित तातोपानीको कुण्डलाई नदी कटानबाट संरक्षण र पूर्वाधार निर्माण गरेर स्नान गर्न सहज बनाएपछि पर्यटकहरु आउन थालेका छन् । नदी किनारमा पक्की पर्खाल निर्माण गरेपछि वर्षातका समयमा कालिगण्डकी नदीमा पानीको सतह बढेर कुण्डनै पुरिने र निर्माण गरिएका संरचना बगाएर लैजाने समस्या […]

९० दिनमा सम्पन्न भयो खिबाङ खानेपानी योजना

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । खिबाङ खानेपानी योजना सम्पन्न भएसँगै आँगनमा निर्माण भएको धाराबाट पानी झर्न थालेपछि खिबाङवासी खुसी भएका छन् । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा खिबाङमा हालै मात्र खानेपानी योजना निर्माण भएको हो । खानेपानी योजना सम्पन्न भएसँगै घरघरमा पानी […]

बेनीमा बिक्री हुन्छन् म्याद गुज्रेका सामान

विकल्प न्यूज/बेनी चैत १४ गते । सदरमुकाम बेनी बजारमा रहेका केही पसलेहरूले म्याद गुज्रेका सामानहरू बिक्री गर्नेगरेकाे भेटिएको छ । व्यवसायीहरूले पसलमा उपभाेग गर्ने समय गुज्रिएका दैनिक उपभाेग्य वस्तुहरू  बिक्रीका लागि राखेकाे पाईएकाे हाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमनका क्रममा धेरै जस्तो पसलहरूमा उपभाेग्य म्याद सकिएका […]

बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो

विकल्प न्यूज/बेनी चैत १३ गते ।  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न […]

कृषि पकेटक्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई वृद्धि गर्न नगरवासीको माग

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा गणेश […]

म्याग्दीमा असिना–पानीले बाली नष्ट

विकल्प न्यूज/बेनी चैत १२ गते ।  म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ ।  सोमबार जिल्लाको रघुगङ्गा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ । त्यसैगरी […]

क्षयरोगको न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतना आवश्यक

विकल्प न्यूज\बेनी चैत ११ गते । म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी […]

सन्दर्भ : विश्व क्षयरोग दिवस, ४५ प्रतिशत बिरामी उपचारबाहिर

काठमाडौँ, चैत ११ गते ।    नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय […]

गलेश्वर पौराणिक स्थलबाट धार्मिक पर्यटकीय स्थलमा परिणत

गलेश्वर (म्याग्दी), चैत ९ गते । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिक स्थलबाट प्रमुख धार्मिक पर्यटकीय स्थलमा परिणत भएको छ । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या […]

घोडेपानी क्षेत्रको लालीगुराँसमा रमाउँदै पर्यटक(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाडाँपाखाहरु यतिखेर ढकमक्क फुलेको लालीगुराँसले छोपिन थालेका छन् । लालीगुराँसले डाडाँपाखाहरु रमणीय देखिन थालेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको घोडेपानीमा चहलपहल बढेको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र […]

बेनीमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईयो

विकल्प न्यूज/बेनी चैत ८ गते ।   संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बेनीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाएको छ । विहिबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गर्नुभयो । उहाँले दलितको हक र अधिकारका निम्ती छुट्टै कानून […]

पर्वत बेनीमा ३० करोडको लगानीमा तयार भयो होटल

ठाकुरप्रसाद आचार्य चैत ५ गते । म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा ३० करोड रुपियाँ लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरिएको छ । पर्वत बेनीका व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा होटल,गार्डेन,पार्कीङ सुविधा,दुईसय पचास जना क्षमताको पार्टी प्यालेस सहितको सुविधा सम्पन्न ४० कोठा भएको होटल संचालनको तयारी गर्नुभएको […]

बागलुङ बस दुर्घटना अपडेट ः आठको मृत्यु, उद्दार जारी

चैत ५ गते ।   बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विकास खनालले जानकारी दिनुभयो । […]

बागलुङमा बस दुर्घटना हुँदा ७ को मृत्यु,२५ घाइते,उद्दार जारी

ठाकुरप्रसाद आचार्य बागलुङ, चैत ५ गते । पश्चिम रुकुमबाट काठमाण्डौका लागि यात्रु लिएर छुटेको रात्री बस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौंको लागि हिँडेको बागमती […]

म्याग्दीमा आठसय ६५ जना भूमिहिनको तथ्याङ्क संकलन

विकल्प न्यूज/बेनी चैत ५ गते । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीले दुई वर्षको अवधिमा आठसय ६५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गरेको छ । म्याग्दीले पदाधिकारी पाएको दुई बर्षमा लगत संकलन बाहेक भूमिहीन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि थप काम भने गर्न सकेको छैन । भूमिहिन सम्बन्धी […]