बेनी नगरपालिका

मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा शंकर चोखाल प्रथम

विकल्प न्यूज \ बेनी चैत १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो । कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी […]

लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान

विकल्प न्यूज/बेनी चैत १० गते । लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा […]

एमाले म्याग्दीका नवनिर्वाचित पालिका कमिटीलाई अभिमुखिकरण

विकल्प न्यूज\बेनी चैत १० गते ।   नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले नेता तथा कार्यकर्ताहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा संगठनलाई व्यवस्थित […]

आरन पेशामा रमाएका टुकबहादुर

विकल्प न्यूज/बेनी चैत ९ गते । कालिगण्डकी कोरिडोरको बेनी–गलेश्वर सडक खण्डको छेवैमा टुकबहादुर लोहारले आरन संचालन गर्नुभएको छ । सडक नजिक रहेको छाप्रोमा लोहारले बनाउनुभएका कृषि औजारहरु सजाएर राख्नुभएको छ । बुटबल घर बताउँने लोहार म्याग्दी आएर आरन व्यावसाय संचालन गरेको ६ वर्ष भइसकेको छ । आफ्नो बाउबाजेले गरेको पुख्र्यौली पेशालाई निरन्तरता दिन बजारको खोजी […]

गलेश्वर पौराणिक स्थलबाट धार्मिक पर्यटकीय स्थलमा परिणत

गलेश्वर (म्याग्दी), चैत ९ गते । पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर पौराणिक स्थलबाट प्रमुख धार्मिक पर्यटकीय स्थलमा परिणत भएको छ । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर धाममा पछिल्लो समय तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या […]

बेनीमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईयो

विकल्प न्यूज/बेनी चैत ८ गते ।   संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले बेनीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरि ५९ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाएको छ । विहिबार जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दमयन्ति रुचाल (रितु) ले उद्घाटन गर्नुभयो । उहाँले दलितको हक र अधिकारका निम्ती छुट्टै कानून […]

म्याग्दीमा आठसय ६५ जना भूमिहिनको तथ्याङ्क संकलन

विकल्प न्यूज/बेनी चैत ५ गते । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीले दुई वर्षको अवधिमा आठसय ६५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलन गरेको छ । म्याग्दीले पदाधिकारी पाएको दुई बर्षमा लगत संकलन बाहेक भूमिहीन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि थप काम भने गर्न सकेको छैन । भूमिहिन सम्बन्धी […]

बेनीको बरापाखो सामुदायिक वनमा भिषण आगलागी(फोटोसहित)

विकल्प न्यूज/बेनी चैत ५ गते । सदरमुकाम बेनी नजिक रहेको बराहपाखो सामुदायिक वनमा सोमबार दिउसो भीषण आगलागी भएको छ । बेनी नगरपालिका–७ र ८ क्षेत्र पर्ने सामुदायिक वनमा दिउसो देखि लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगलागी भएपछि डिभिजन वन कार्यालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीका साथै स्थानीयले आगो […]

बेनी अस्पताल सात वर्ष देखि अलपत्र, सेवा प्रभावित

म्याग्दी, चैत ५ गते ।    कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए  बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउनुहुन्छ ।  “पचास […]

गलेश्वरमा निर्माण भएको कालीगण्डकी स्नानमार्ग उद्घाटन

विकल्प न्यूज/बेनी चैत ४ गते ।  म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित नवनिर्मित कालिगण्डकी स्नानमार्गको उद्घाटन गरिएको छ । धार्मिक स्थल गलेश्वरधामदेखि कालिगण्डकी नदीमा स्नान गर्न जान निर्माण गरिएको सडकको शनिबार गण्डकी प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री तथा सांसद रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ […]

जलजलामा एमालेका कार्यकर्ता र जनप्रतिनिधि बीच अन्तरक्रिया

विकल्प न्यूज/जलजला चैत ४ गते । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले पार्टीका कार्यकर्ता र नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि बीच मिलनचोकमा अन्तरक्रिया गरेको छ । पार्टी र जनप्रतिनिधि बीच एकआपसमा छलफल,अन्तरक्रिया गरेर सम्बन्धलाई समधुर बनाउन शनिबार कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सीनाले जनप्रतिनिधिहरुले पार्टीको नीति,विचार […]

धार्मिक क्षेत्र जगन्नाथमा म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रम

विकल्प न्युज/ बेनी चैत ३ गते । म्याग्दी जेसीजको आयोजनामा आज (शनिवार) म्याग्दीको धार्मिक क्षेत्र जगन्नाथधाममा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक जगन्नाथ मन्दिर परिसरमा पर्यटन बोर्ड स्थापना गरिएको हो । म्याग्दी जेसीजको आयोजना, वडा कार्यालय पुलाचौर र जगन्नाथ मन्दिर व्यवस्थापन समितिसँगको समन्वय […]

जलजलामा वार्षिक परिक्षालाई व्यवस्थित बनाउने तयारी

विकल्प न्यूज\जलजला चैत २ गते । विद्यालयको अनुगमन गर्नुहुँदै पालिका अध्यक्ष राजुप्रसाद आचार्य । फाइल तस्विर   पर्वतको जलजला गाउँपालिकामा आइतबार देखि सुरु हुने पालिका स्तरीय वार्षिक परिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी गरिएको छ । गाउँपालिकाका विभिन्न १५ वटा विद्यालयहरुमा परिक्षा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिसकिएको पालिकाले जनाएको छ । यसअगाडि प्रथम त्रैमासिक र […]

म्याग्दीमा पूर्वाधार विकासका साझा योजनामा सामूहिक प्रतिवद्धता

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,चैत २ गते । म्याग्दीका राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवालाहरुले सडक,पर्यटन पूर्वाधार,खेलकुद खानेपानी लगायत क्षेत्रको विकासका लागि साझा प्रतिवद्धता व्यक्त गरेका छन् । नवौं जिल्ला सभामा सहभागि भएका संघ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन । गण्डकी प्रदेश र संघीय सरकारले तयार गर्न लागेको आयोजना बैंकमा समावेश गर्न जिल्लाका योजनाहरुलाई […]

जिसस म्याग्दीको नवौं जिल्ला सभा सुरु

विकल्प न्यूज/बेनी चैत १ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला सभा सुरु भएको छ । बिहीबार एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो । वार्षिक समीक्षा गोष्ठी तथा नवौं जिल्ला […]