बेनी नगरपालिका

सहकारी दिवसका अवसरमा बेनी बचतद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा

विकल्प न्यूज\बेनी चैत २० गते । बेनी बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी शिक्षा प्रदान वार्षिक कार्ययोजना अनुसार नै सेयर सदस्यलाई वित्तिय शिक्षा तथा तालिम प्रदान गरेको थियो […]

मल्लाजको दह हत्याकाण्ड ः शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा ल्याइयो

विकल्प न्यूज\बेनी चैत २० गते । पर्वतको जलजला गाउँपालिका–२,मल्लाज स्थित दहमा भएको एक दम्पतीको विभत्स हत्या घटनाबारे थप अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली घटना स्थलमा आइपुगेको छ । सोमबार राति अपरिचित व्यक्तिरसमुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आज […]

बेनीमा बालमैत्री स्थानीय शासन कार्यक्रम शुरु

बेनी, १९ चैत । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ । नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच स्थापित गरेर बालमैत्री बनाउने तयारी थालिएको […]

गैरसरकारी संस्था महासंघ म्याग्दीमा पुनः पौडेल

विकल्प न्यूज/ बेनी चैत १९ गते । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् । आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल यसअघि पनि महासंघको जिल्ला अध्यक्ष थिए । अधिवेशनले महासंंघको […]

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग (झोला) बनाउने तालिम प्रदान गरिएको छ । गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा कार्यालयमा सञ्चालन भएको तालिम आइतबार समापन गरिएको छ । बेनी नगरपालिकाको १० वटै वडाका ३० जना […]

बेनीमा बिक्री हुन्छन् म्याद गुज्रेका सामान

विकल्प न्यूज/बेनी चैत १४ गते । सदरमुकाम बेनी बजारमा रहेका केही पसलेहरूले म्याद गुज्रेका सामानहरू बिक्री गर्नेगरेकाे भेटिएको छ । व्यवसायीहरूले पसलमा उपभाेग गर्ने समय गुज्रिएका दैनिक उपभाेग्य वस्तुहरू  बिक्रीका लागि राखेकाे पाईएकाे हाे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमनका क्रममा धेरै जस्तो पसलहरूमा उपभाेग्य म्याद सकिएका […]

बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो

विकल्प न्यूज/बेनी चैत १३ गते ।  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न […]

कृषि पकेटक्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई वृद्धि गर्न नगरवासीको माग

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमवार वडा नम्वर १ को सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । कार्यक्रममा गणेश […]

म्याग्दीका आयोजनाहरुमा बजेट व्यवस्थाका लागि प्रधानमन्त्री र मन्त्रीहरुसँग भेटघाट

बेनी १२ चैत ः  म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री बर्षमान पुन, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँघको भेटघाटमा संघीय सरकार मार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति […]

नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज\बेनी चैत १२ गते । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा।ली।ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला स्तरीय सि र डि लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । सि […]

लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क सुगर,प्रेसर र दाँत- चेकजाँच शिविरमा २ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरको […]

क्षयरोगको न्यूनिकरणका लागि समुदायस्तरमा जनचेतना आवश्यक

विकल्प न्यूज\बेनी चैत ११ गते । म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। चालु आवमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतबर्षका ६३ र नयाँ २४ बिरामी गरी […]

धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा

 बेनी, १० चैत । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको अवसर नेपालको ब्यापार व्यवसाय क्षेत्रमा पनि देखिएको बताउनुभयो । बैंकको ऋण र उत्पादकहरुको कडाई तथा बजारमा भएको लगानी उठ्न ढिलाई […]

रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा

रत्नेचौर, १० चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम मार्फत स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको हो । ६० वर्ष उमेर पुगेका ५७ जना पुरुष र ७० […]

मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा शंकर चोखाल प्रथम

विकल्प न्यूज \ बेनी चैत १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो । कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी […]