ताजा समाचार:
Search

धवलागिरी गाउँपालिका

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

विकल्प न्यूज\बेनी बेनी, २१ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो छहरा केङ्की देखी खिवाङ […]

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

विकल्प न्यूज\बेनी १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो घर नजिकै पाएका हुन् । […]

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी, १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएको गाउँपालिकाको स्वास्थ्य शाखा […]

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी फागुन २९ गते ।  मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा […]

एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशनबाट अध्यक्षमा प्रगति कार्की चयन

विकल्प न्यूज\बेनी फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आज (शुक्रवार) सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ […]

कतारमा मृत्यु भएका खिवाङका नानु घर्तीकी छोरीको शिक्षामा डेढलाख बढी सहयोग

विकल्प न्यूज\बेनी फागुन ९ गते । खाडीमुलक कतारमा हृदयाघातका कारण ज्यान गुमाएका म्याग्दीको धवलागिरी गाउँपालिका ४, मुदीको खिवाङका नानु घर्ती मगरकी छोरीको शिक्षादीक्षाका लागि मोना कतारको पहलमा संकलित डेढलाख बढी आर्थिक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । गतबर्षको डिसेम्बर ६ तारिकमा अचानक बेहोस भई ढलेपछि उपचारको क्रममा अस्पतालले मृत घोषित गरेलगत्तै कतारमा रहेका म्याग्देलीको […]

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

विकल्प न्यूज/बेनी फागुन ६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा […]

भेडीगोठ धान्ने हिमबहादुर….

म्याग्दी, फागुन ६ गते ।  दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ […]

बादीकाको भिरमा सडक ढलान भएपछि धारापानीवासीले मनाए खुसियाली

विकल्प न्यूज\बेनी माघ २८ गते । धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् । शनिबार गाउँलेहरुले खुसियालीमा नौमति बाजा सहित नाचगान गरेका छन् । […]

दरबाङ–धारापानी सडक स्तरोन्नति योजना सम्पन्न

ठाकुरप्रसाद आचार्य माघ २६ गते । म्याग्दीको परिश्चम दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । सडक स्तरोन्नति भएसँगै धवलागिरी गाउँपालिकावासीहरुले साघुरो,उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बेनी –दरबाङ–धारापानी–मुना […]

देश-विदेश घुमेर गाउँ फर्किएका ७० वर्षीय तुलाचन घुम्ती गोठमै रमाउँछन्

२३ माघ, म्याग्दी (बेनी) शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले […]

म्याग्दीका छन्त्याल समुदायमा ‘पुर्पुरो’ संस्कृति अझै कायम

बेनी, माघ १२ गते ।  उमेरले चार वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मलम्पारका लिएन घरब्जा छन्त्याल आफ्नो परिवारका आफन्तसँग पोखरामा बसोबास गर्नुहुन्छ । लिएनका बुबा खिमबहादुर र आमा दमायाँ रोजगारको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ । पोखरामा घरसमेत बनाएर बसोबास गर्दै आउनुभएका छन्त्याल परिवारले खिमबहादुरका जेठा छोरा लिएनको ‘पुर्पुरो’ भने गृहगाउँ मलम्पारमै गर्नुभयो । लामो समयदेखि पोखरामा […]

गोठमै मितेरी साइनो लगाउँदा…

म्याग्दी (बेनी),  माघ १० गते । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले […]

धवलागिरीमा थप ४ करोड बजेट बिनियोजन

पुस २६ गते । म्याग्दीको दुर्गममा रहेको धवलागिरी गाउँपालिकाले हिउदे गाउँसभा मार्फत चालु आर्थिक वर्षका लागि ४ करोड रुपियाँ थप बजेट बिनियोजन गरेको छ । बिहिबार गाउँपालिका केन्द्रमा मुनामा भएको २१ औं गाउँसभाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै थप उक्त बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन […]

धवलागिरीमा पत्रकार,खेलाडी , कलाकार र कर्मचारी पुुरस्कृत

सन्तोष गौतम । बेनी पुस २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा  धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला समाचारदाता सन्तोष गौतम, लोक कलाकार खड्ग गर्बुुजा र […]