म्याग्दी समाचार

निस्काेटकाे एनसेल टावरमा आगजनी

विकल्प न्युज / बेनि चैत १६ गते । म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटमा रहेको एनसेल टावरमा अज्ञात समूहले गएराती आगजनी गरेका छन् । रातीको समयमा एनसेल टावरको घेराबार तोडेर आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक दिपक बिक्रम महतले बताउनुभयो । “घटनास्थलको […]

पिपीआर राेग विरुद्धको खोप अभियान

सन्तोष गौतम/ विकल्प म्याग्दी १६ चैत । म्याग्दीमा भेडाबाख्रालाई पिपीआर रोग विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले भेडाबाख्रामा महामारीको रुपमा फैलीने पिपिआर रोगबाट बचाउनका लागि जिल्ला ब्यापी अभियान सञ्चालन गरेको हो । कृषकको गोठ गोठमा पुगेर खोप लगाउन जिल्ला ब्यापी रुपमा प्राबिधिक परिचालन गरिएको पशु सेवा प्राबिधिक प्रदिप गौतमले […]

असिनाले करोडौको नोक्सानी

सन्तोष गौतम / विकल्प म्याग्दी १६ चैत  बिहीबार साँझ बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा करोडौको क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो । भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असीनाले पिटेर नष्ट गरेपछि कृषकहरु निराश बनेका […]

रक्तदान कार्यक्रम गरेर पत्रकार महासंघको स्थापना दिवस मनाईयाे

सन्तोष गौतम/ विकल्प बेनी १६ चैत । बेनीमा रक्तदान कार्यक्रम गरेर शुक्रबार नेपाल पत्रकार महासंघको ६३ औ स्थापना दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालीत रक्तसञ्चार गृह र बेनी अस्पतालको प्राबिधिक सहयोगमा क्याम्पसचोकमा आयोजना गरेको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । १४ जना पुरुष र छ जना […]

गलेश्वर–काउलेगौडा सडकको स्तरोन्नती

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ चैत । बेनी नगरपालिका ९ को गलेश्वर देखि काउलेगौडा हुदै १० नम्बर वडा पात्लेखेत जोड्ने सडक स्तारोन्नती कार्य सुरु भएको छ । एक दशक अघि स्थानीयबासीन्दाले चन्दा संकलन गरेर ट्याक खोलेको सडक फराकीलो, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, नाली, कजवे बनाउने, पर्खाल लगाउने, सोलीङ गर्ने र नालीको भल ब्यवस्थापनका […]

बेनीमा रेड सचेतना तालीम सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ चैत । बेनीमा बिहीबार सरोकारवालाहरुका लागि रेड सचेतना तालीम सम्पन्न भएको छ । क्षेत्रीय वन तालीम केन्द्र पोखराको आयोजनामा तिन दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी, पर्वत र बागलुङका वन प्राबिधिक, सामुदायिक वन उपभोक्ता महासंघ र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । तालीमको समापन गर्नुहुदै जिल्ला वन अधिकृत माधवप्रसाद देवले नेपालले वनको […]

पत्रकारिता आचार संहिता कार्यान्वयनमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ चैत । म्याग्दीका सरोकारवालाहरुले पत्रकारितालाई मर्यादीत र जिम्मेवार बनाउन आचारसंहिताको कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखासंगको समन्वयमा प्रेस काउन्सिल नेपालले बिहीबार बेनीमा अयोजना गरेको मिडीया सम्बाद कार्यक्रममा काउन्सीलका पदाधीकारी, जनप्रतिनिधि र सरकारी अधिकारीले पत्रकारीता आचार संहिताको कार्यान्वयनमा जोड दिएका हुन् । प्रेस काउन्सिलका सदस्य खिलाबहादुर भण्डारीले […]

बेनी–जोमसोम सडकमा सवारी रोकेर स्तारोन्नतीको काम गरिने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ चैत । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतीका लागि म्याग्दी खण्डमा शुक्रबारदेखि दैनिक आठ घण्टा सवारी रोकीने भएको छ । भारत र चिन जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजनाले स्तारोन्नतीको कामलाई तिब्रता दिन ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सवारी […]

विदेशको सीपबाट गाउँमै उद्योग सञ्चालन

विकल्प न्यूज/बेनी चैत १४ गते । म्याग्दीको धौलागिरी गाउँपालिका ३ मुनाका एक युवाले विदेशमा सिकेको सीपलाई सदुपयोग गरेर गाउँमै उद्योग सञ्चालन गरेका छन् । १६ वर्ष खाडी मुलुकमा काम गरेका मुनाका ४० वर्षिय तमबहादुर पुनले गाउँमै बेकरी उद्योग स्थापना गरेर स्वरोजगार बनेका हुन् । पुनले रोजगारीको लागि मलेसीया, साउदी, कतार, दुवई, ओमान, बहराईन, टर्की, ईराक र […]

महादेव मावीलाई पचास लाख सहयोग जुट्यो

विकल्प न्यूज/बेनी चैत १४ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ । स्थापनाको ५०आँै वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न थालेका हुन् । आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा […]

गाउँपालिका केन्द्र भएपछि पोखरेबगरमा बजारीकरण तिब्र

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ चैत ।  अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा बजारीकरणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनसंगै गाउँपालिकाको ६ नम्बर वडामा पर्ने पोखरेबगरमा नयाँ घर निर्माण हुने, होटल, पसल खुल्ने क्रमसंगै घरजग्गाको कारोबार र मूल्य बढेको हो । सदरमुकाम बेनीमा ब्यापार व्यवसाय गर्दै आएकाहरु पछिल्लो समय गाउँपालिकाको केन्द्रमा सर्न थालेका हुन् । गाउँपालिकाको […]

गुड नेवर्स ईन्टरनेशनलले स्थापना दिवस मनायो

विकल्प न्यूज/बेनी चैत १४ गते । म्याग्दी सामुदायिक विकास परियोजना सञ्चालन गरेको अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स ईन्टरनेशनलले बुधबार बेनीमा स्थापना दिवस मनाएको छ । २७ वर्षअघि दक्षिण कोरीयामा स्थापना भएको संस्थाले नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको हो । संस्थाका जिल्ला संयोजक राजेन्द्र लोहार, साझेदार गैरसरकारी संस्था […]

सञ्चार माध्यमको सवलीकरणमा गाउँपालिकाको ध्यानाकर्षण

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १४ चैत ।  मिडीया सोसाईटी म्याग्दीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि बुधबार मालिका र मंगला गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले दुई वटै गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालीका सदस्यहरुलाई भेटेर माग पत्र बुझाउदै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको हो । […]

म्याग्दीबासीमा बढ्दै छ व्यापार व्यवसायमा आकर्षण

कर्णबहादुर बानियाँ /विकल्प न्यूज चैत १४ गते । विषय प्रवेश मानिस चेतनशील प्राणी भएकोले उसले आफ्नो जैविक आवश्यकता पूरा गर्नका लागि बेलाबखतमा विभिन्न किसिमका पेशा व्यवसाय गर्दै आएको छ । जमिनमा आधारित अर्थ व्यवस्थाबाट पूँजीमा आधारित अर्थ व्यवस्थामा रूपान्तरित हुँदै गएको समाजमा हरेक मानिसले आफ्ना जैविक आवश्यकता पूरा गर्नका लागि मात्र भएपनि कुनै न कुनै […]

सिंहदरबार नपुगेको गाउँ

सन्तोष गौतम/विकल्प न्यूज चैत  १४ गते । धौलागिरी गाउँपालिकाको मुदीका बिरामीलाई डोकोमा बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मच्छिममा खिचिएको तस्विर । तस्विर नवविकल्प लुलाङ/ धौलागिरी गाउँपालिका १ गुर्जाका जंगबिर छन्त्याल एक वर्षअघि घोरेटो बाटो खन्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर दायाँ साप्रा भाँच्चीएपछि घटनास्थलमै बेहोस हुनुभयो । छिमेकी गाउँ लुलाङ देखि कम्तीमा आठ […]