म्याग्दी समाचार

सांसद केसीको पहलमा आगलागी पीडितलाई राहत वितरण

विकल्प न्यूज/बेनी म्याग्दी, १२ जेठ ।रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पीडितलाई ४० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रदेश सभा साँसद विनोद केसीको पहलमा सहयोग जुटाएर आगलागी पीडित जगिन्द्र भण्डारीको परिवारलाई राहत उपलब्ध गराइएको हो । विद्युत सर्ट भएर घरमा रु २५ लाख बराबरको क्षति व्यहोरेका भण्डारी परिवारलाई खाद्यान्न, जस्तापाता गरि उक्त […]

म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने माग गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रमको छलफलका क्रममा शुक्रबार संसद बैठकमा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्नुपर्ने आवाज उठाउनुभएको हो । म्याग्दीको हिमाली पहिचान दवाईएकाले म्याग्दीबासीले हिमालबाट लाभ लिन नसकेको बताउँदै थापाले यो समस्या समाधानका लागि […]

निःशुल्क स्वास्थ्य शिविरबाट चार सय बढी लाभान्वित

धिरन खत्री/विकल्प न्यूज पाखापानी, १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा शुक्रबार सम्पन्न निशूल्क स्वास्थ्य शिवीरबाट चार सय जना भन्दा बढीले सेवा लिएका छन् । बेनी अस्पतालको प्राबिधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको शिवीरमा पाखापानी, औल, रायखोर, कोटगाउँ, झिँका ४२० जनाले गाउँमै स्वास्थ्य उपचार सेवा पाएका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । डाक्टर बिराट शर्माको नेतृत्वमा […]

अमर माविमा कम्प्युटर कक्ष स्थापना

धिरन खत्री /विकल्प न्यूज पाखापानी १२ जेठ । रघुगंगा गाउँपालिका ६ पाखापानीमा रहेको अमर माविमा कम्प्युटर कक्ष स्थापना भएको छ । ग्रामिण क्षेत्रका विद्यार्थीलाई सूचना प्रबिधिको प्रयोग गरेर आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको हो । गाउँपालिकाको पाँच लाख र जिल्ला शिक्षा कार्यालयको छ लाख ५० हजार रुपैया अनुदान सहयोगमा स्थापना […]

जुवाको खालबाट पक्राउ परेका कुइनेमंगलेका वडा अध्यक्ष तिनदिन देखि प्रहरी हिरासतमा

विकल्प न्यूज/बेनी जेठ १२ गते । सदरमुकाम बेनीबाट पक्राउ परेका म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्याल तिनदिन देखि प्रहरी हिरासतमा छन् । छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन । विहिबार उनी सहित १४ जनालाई प्रहरीले जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकालाई म्याद थप […]

चट्याङ लागेर घारमा एक जनाको मृत्यु

विकल्प न्यूज/बेनी म्याग्दी १२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार साँझ परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । साँझ पाँच बजेतिर गोठमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएको घारको नेयालपानेका ५५ वर्षिय प्रेमबहादुर बरुवालको उपचारको क्रममा मृत्यु भएको शिख घार प्रहरी चौकीका प्रमुख दिपक क्षेत्रीले बताउनुभयो । आफन्त र प्रहरीले […]

चिकित्सकको चरम लापरबाही

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । फिस्टेल हस्पीटल पोखराका चिकित्सकले हात भाँचीएका म्याग्दीका एक बालकको उपचारमा चरम लापरबाही गरेको पाइएको छ । मालिका गाउँपालिका ६ दरवाङका ४ वर्षिय राहुल आचार्यको हातमा गरिएको पलास्टर र राखीएको स्टीलको रड निकाल्ने क्रममा चिकित्सकले लापरबाही गरेका हुन् । पलास्टर निकाल्ने क्रममा संगै राखिएका तिन मध्य एउटा रड त्यसै […]

विद्यालयलाई कम्प्युटर सहयोग

विकल्प न्यूज/बेनी जेठ १२ गते । मंगला गाउँपालिका २ रणवाङमा रहेको ज्ञानोदय आधारभुत विद्यालयलाई एक परिवारले कम्प्युटर सहयोग गरेका छन् । स्थानीय जितेन्द्र पुन र नन्दकुमारी पुनले ४५ हजार रुपैया मूल्य बराबरको एक थान कम्प्युटर सहयोग गर्नुभएको हो । बिहीबार आयोजित वार्षिक परिक्षाको पुरस्कार र छात्रवृत्ती वितरण कार्यक्रममा पुनद्धयले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । […]

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा एकिकृत घुम्ती शिवीर

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पोखरेबगर,जेष्ठ ११ गते । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरि […]

युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’(भिडियो सहित)

विकल्प न्यूज/बागलुङ जेठ ११ गते ।   विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत […]

बेनीमा ठुलाे सख्यामा जुवाडे पक्राउ

विकल्प न्युज / बेनी जेठ १० गते । बेनीका ३ स्थानबाट १ महिला सहित १४ जना पक्राउ परेका छन ।  प्रहरी नायव उपरीक्षक  विरबहादुर बुढामगरले जिल्लामा हुने गरेका गैरकानुनी र सामाजिक विकृति निम्त्याउने गतिविधि नियन्त्रणको लागि सक्रियता बढाएका छन् । हालै म्याग्दीमा सरुवा भएर आएका प्रनाउ बुढामगरले जुवा तास, लागु औषध बेचबिखन तथा घरेलु मदिरा […]

ज्यानकै बाजी थापेर बनाए गुर्जालीले तातोपानी कुण्ड (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज गुर्जा,जेठ १० गते । अग्ला पहाडको यात्रा अनि अनकन्टार भिर । साघुरो बाटो । ज्यानकै बाजि थापेर मात्र पुग्न सकिने गुर्जा खोलाको किनार जहाँ छ तातोपानीको कुण्ड । गुर्जाली शाहस र हिम्मतले मात्र सम्भव भयो तातोपानीको संरक्षण । गुर्जाबाट करिव पाँच घण्टाको पैदल यात्रा पछि मात्र यहाँ पुग्न सकिन्छ । म्याग्दीको गुर्जा […]

अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ १० गते । पर्वतका युवा कलाकार अनिल गौतमको लोकदोहोरी गीत मन किन खिन्न भयो सार्वजनिक भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका गौतम पेशाले निजामति कर्मचारी हुनुहुन्छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ । गायक अनिल गौतम र […]

दृष्टिबिहीन विद्यार्थीलाई क्रिकेट प्रशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १० जेठ । दृष्टिबिहीन विद्यार्थीहरुका लागि बेनीमा बिहीबार क्रिकेट खेल प्रशिक्षण तालीम सम्पन्न भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघले कादुर फाउण्डेशन हङकङको सहयोगमा चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सञ्चालित दृष्टिबीहीन स्रोत कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दृष्टिबिहीन विद्यार्थीहरुको प्रतिभा पहिचान, राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी […]

निस्कोटमा महिला तथा आदिवासी जनजातिहरुलाइ प्रशिक्षण

साधन राम्जाली/दरवाङ जेठ १० गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा  बुधबार महिला क्षमता बिकास तथा आदिबासी उत्थान १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय एबं महिला तथा जनजाती संजालको सयुक्त आयोजना र नेपाल मगर बिधार्थी संघकी पुर्व केन्द्रीय अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय सचिब एबं बाग्लुङ गलकोट नगर पालिकाकी उपप्रमुख रेनुका […]