म्याग्दी समाचार

गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने

म्याग्दी १४ मंसिर । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्सर्ट एवम् म्युजिकल टुर हुन लागेको […]

करबाकेलीमा सङ्ग्रहालय संचालन(भिडियो/फोटोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १४ गते । पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको […]

ठेकेदारले काम छाडेपछि मालढुङ्गा–बेनी सडक अस्तव्यस्त

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १३ गते । स्तरोन्नतीको चरणमा रहेको मालढुङ्गा–बेनी सडक योजनाको ठेकेदार कम्पनीले काम छाडेपछि अस्तव्यस्त बनेको छ । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चारमहिना देखि कार्यस्थलबाट बाहिरिएको हो । ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चारमहिना अघिसम्म काम गरेको ठेकेदार त्यसपछि सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको हो । सडक अस्तव्यस्त हुँदा […]

बेनी–जोमसोम–कोरला सडकमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाहीको चेतावनी

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ११ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर बेनी–जोमसोम –कोरला सडक अन्तर्गत पर्ने तिनवटा खण्डको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ । थपिएको म्यादभित्र पनि निर्माण कम्पनी योजना सम्पन्न गर्न कार्यस्थलमा परिचालन नभएपछि ठेक्का तोड्ने र कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने सम्मको प्रक्रिया आयोजनाले अगाडि बढाएको आयोजना […]

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । म्याग्दीको सदरमुकाम बेनीमा वैदेशिक रोजगार र परिवारको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको हो । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको समन्वय तथा आर्थिक सहयोगमा सम्पन्न […]

साहारा सहकारीको करिब ५ करोड लगानी

विकल्प न्यूज/बेनी मंसिर ११ गते । सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको तर, सरकारी […]

म्याग्दीमा समानुपातिक मततर्फ एमाले पहिलाे

मंसिर ९ गते ।  म्याग्दीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणाम पनि शुक्रबार सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले शुक्रवार दिउँसो सार्वजनिक गरेको मत परिणामअन्तर्गत प्रतिनिधि र प्रदेश सभा दुवैमा नेकपा एमाले म्याग्दीमा पहिलो पार्टी बनेको छ। प्रतिनिधिसभातर्फ नेकपा एमालेको सूर्य चिह्नमा १८,२७३ मत परेको छ भने नेपाली कांग्रेसको रूख चिह्नमा १३,६९३ […]

म्याग्दीमा २३ वर्षपछि फर्कियो कांग्रेसको जित

ठाकुरप्रसाद आचार्य\बेनी मङ्सिर ७ गते । म्याग्दीमा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) फराकिलो मतअन्तरले विजयी हुनुभएको छ । बुधवार राती सम्पन्न मतगणना अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ८ सय ३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४ हजार २१ मत र श्रेष्ठले २० हजार […]

म्याग्दीमा कांग्रेसका गर्बुजा जितको नजिक

विकल्प न्यूज/बेनी मंसिर ७ गते । मंसिर ७ गते । म्याग्दीमा जारी प्रतिनिधिसभा तर्फको मतगणना अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा जितको नजिक पुग्नुभएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ७ सय ३४ मतअन्तरले पछाडी पार्नुभएको छ । अन्नपूर्ण गाउँपालिकाको ५ शिखको मतगणना सम्पन्न हुँदा कांग्रेसका […]

कांग्रेसका गर्बुजा फराकिलो मतान्तरले अघि बढे

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा फराकिलो मतान्तरले अघि वढ्नुभएको छ । गर्बुजाले १९३८३ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६६४७ पाउनुभएको छ । गर्बुजाले २७३६ बढी मतले श्रेष्ठलाई पछाडी पार्नुभएको छ । अहिले सम्म धवलागिरि,मालिका,मंगला […]

म्याग्दीमा एमालेको बर्चश्वलाई खम्बिरको ब्रेक !

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)ले निरन्तर आफ्नो अग्रता कायम राख्नुभएको छ । तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएका खम्बिरले यसपाली एमालेको बर्चश्व रहेको म्याग्दीमा ब्रेक लगाउन सक्ने संभावना बढेर गएको छ । गुर्जा देखि बेनीको वडा नम्बर १० पात्लेखेत सम्मको मतगणनामा ५ सय […]

धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता

ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते ।  म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]

चार सय ४३ मतको अग्रता लिएर माओवादीका जुग्जाली एमालेको गढ मंगलामा प्रवेश गरे

विकल्प न्यूज\बेनी मंसिर ६ गते । कडा प्रतिस्पर्धा देखिएको प्रदेश  निर्वाचन क्षेत्र २ मा धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सक्दा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ४४३ मतको अग्रता लिएर एमालेको गढ मानिएको मंगला प्रवेश गरेका छन् । जुग्जालीले ६ हजार एकसय ९७ मत प्राप्त गर्दा नेकपा एमालेका यामबहादुर गर्बुजाले ५ हजार ७ […]

म्याग्दीमा स्थगित मतगणना पुनः सुरु

ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान स्थगित भएको मतगणना पुन सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको […]

म्याग्दीमा हस्ताक्षर नगरेका मतपत्र फेलापरेपछि प्रतिनिधिसभा तर्फको मतगणना स्थगित

ठाकुरप्रसाद आचार्य \म्याग्दी मङ्सिर ६ गते । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देविस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानविन र कारवाहीको माग गरेका छन् । गठबन्धनले मतदान […]