ताजा समाचार:
Search

फोटो

नयाँ र पुराना पुस्ता निर्वाचनको मैदानमा

कसले मार्ला बाजी ? विकल्प न्यूज/बेनी कार्तिक ५ गते ।आइतवार मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता पछि फोटो खिचाउदै म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र क मा नेकपा एमाले र माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका विनोद केसी र नेपाली काँग्रेस र राप्रपाका साझा उम्मेदवार राप्रपाका नेता भिमप्रसाद गौचन । तस्विर ठाकुरप्रसाद आचार्य

म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक ५ गते ।   आसन्न मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतवार म्याग्दीका राजीतिक दलहरुले मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेस र राप्रपा र नेकपा एमाले र माओवादी केन्द्रका विच दलहरुले बाजा गाजा र ¥याली सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदावरी दर्ता गरेका छन् । नेपाली काँग्रेसले […]

लोकप्रीय थाली नाच

थाली नाच विकल्प न्यूज/दरवाङ असोज २२ गते । मोना म्याग्दीको दोस्रो अधिवेशनको उद्घाटनमा प्रस्तुत गरिएको लोकप्रीय थाली नाच । तस्विर ठाकुरप्रसाद आचार्य 

म्याग्दीको पहिचान पुख्र्यौली नृत्य

विकल्प न्यूज/दरवाङ असोज २२ गते । म्याग्दी प्रवासी संघ म्याग्दी(मोना) को आइतवार देखि दरवाङमा सुरु भएको दोस्रो अधिवेशनको उद्घाटनमा मगर समुदायको पुख्र्यौै नृत्य प्रस्तुत गर्दै । तस्विर सन्तोष गौतम 

लाखे नाच

विकल्प न्यूज/दरवाङ लाखे नाच म्याग्दी प्रवासी संघ (मोना) म्याग्दीको दोस्रो अधिवेशनमा उद्घाटनमा बेनीका मंकाखलले  लाखे नाच देखाउँदै । तस्विर ठाकुरप्रसाद आचार्य  

मोना म्याग्दीको दोस्रो अधिवेशन दरवाङमा सुरु (फोटोफिचर)

   

बेनीमा तेस्रो बौद्ध कप फुटबल प्रतियोगिता सुरू

बाख्रापालनमा रमाउँदै…..

बाख्रापालनमा रमाउँदै….. पर्वतको जलजला गाउँपालिका ४ लामाखेतकी शुशिला मल्लले बाख्रालाई घाँस दिँदै । मल्लले आधुनिक खोर निर्माण गरि बाख्रा पाल्नुभएको छ । अहिले २७ गोटा बाख्रा छन् । बाख्रापालनबाट राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । तस्विर ठाकुरप्रसाद आचार्य

कुमार यात्रा…..

मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङको लाजुङमा फालो पर्व अन्तरगत कुमार यात्रामा सहभागी कुमारहरुलाई स्वागत गरिदै । थाक सात सय अन्तरगत थकाली समुदायले आफ्नो थातथलो कोवाङमा मौलीक पर्व फालो भब्यताका साथ मनाएका छन् । तस्विर सन्तोष गौतम

बेनी– मुस्ताङ सडक विस्तार गरिँदै

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ रुप्से छहरा नजिकै सडक फराकीलो बनाइदै । आयोजनाले तिन अरब २० करोडको लागतमा ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडक स्तरवृद्धिको काम सुरु गरेको छ । तस्विर सन्तोष गौतम

मुस्ताङको स्वादिलो स्याउ…….

मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङका एक कृषक बारीमा फलेको स्याउ देखाउँदै । यस वर्ष मुस्ताङमा स्याउको उत्पादन बढेपछि कृषकहरु उत्साहीत भएका छन् । अधिकांश बगैचा स्याउ नटिप्दै ब्यापारीले खरिद गरीसकेका छन् । मुस्ताङमा भदौ अन्तिम सातादेखि स्याउ टिप्न सुरु हुन्छ । तस्विर सन्तोष गौतम

परिश्रमी कृषक……

परिश्रमी कृषक…… बेनी नगरपालिका ४ सिंगाका कोपीलाल पौडेलले सञ्चालन गरेको सिताराम गाईभैसी फार्म । करिब पाँच वर्षदेखि पौडेल गाईभैसी पालन गरेर दूध उत्पादन र तरकारी खेतीमा सक्रिय छन् । पौडेल जिल्लाकै नमुना कृषकको रुपमा परिचय बनाउन सफल भएका छन् । तस्विर सन्तोष गौतम

निलगिरि खोला जलविद्युत आयोजनाका लागि सडक खन्दै

विकल्प न्यूज/बेनी भदौ १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ नारच्याङमा निलगिरि खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एकसय मेगावाट क्षमताको  निलगिरिखोला जलविद्युत आयोजनाको बाँधस्थलसम्मको पहुँचमार्ग निर्माण गरिँदै । दुइ वर्षमा  एघार किमि  पहुँच मार्गको निर्माण सम्पन्न गरेपछि आयोजना निर्माणको कार्य सुरु हुने बताइएको छ ।  तस्बिर ः ठाकुरप्रसाद आचार्य

खयरको सौन्दर्य……

खयरको सौन्दर्य…… म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने खयर क्षेत्रमा पालीएका भेडा र पृष्ठभुमिमा देखिएको हिमशृङखलाको मनोरम दृष्य । धार्मीक र पर्यटनका हिसाबले प्रशस्त सम्भावना बोकेको खयर क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसारको आवश्यकता छ । तस्विर बिसन राना, शिख

अधुरो योजना…….

अधुरो योजना……. बेनी नगरपालिका १ सारेमारे र जलजला गाउँपालिका ७ लस्तीलाई जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधिन १८७.५ मिटर लामो सस्पेन्सन पुल । निर्माण व्यवसायीले पुलको काम पुरा नगरी सम्र्पक बिहीन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । तस्विर सन्तोष गौतम