ताजा समाचार:
Search

फोटो

प्रशिद्ध धार्मिक स्थल धाइरिङ भुमेथान (फोटोफिचर)

विकल्प न्यूज\बेनी पुस ३ गते । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रशिद्ध धाइरिङ भुमेथानको दर्शन र पूजाआजा गरे मनोकांक्षा पुरा हुने गहिरो जनविश्वास छ । भुमेथान यस क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल हो । धाइरिङ गाउँको सिरानमा करिब नौं पुस्ता अघि भूमेथानको स्थापना गरिएको थियो । जुम्लामा पूजा गर्ने भुमेथानलाई आचार्य परिवारले […]

बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २८ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवार देखि सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न […]

पदमार्ग बनाउन गाउँलेले थालेको श्रमदान अभियानमा मन्त्रीको साथ (फोटोसहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २८ गते । जिल्लाको एक गाउँमा पदमार्ग बनाउन गाउँलेहरुले थालेको अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले पनि एकदिन श्रमदान गर्नुभएको छ । जिल्लाको रघुगंगा गाउँपालिका २ राखु भगवतिका स्थानीयहरुले गाउँमा पदमार्ग निर्माणका लागि तीन महिना देखि श्रमदान अभियान थालेका छन् । श्रमदान अभियानमा संलग्न भएका गाउँलेहरुलाई […]

आहा जमेर बरफ बनेको अन्नपूर्णको पञ्चकुण्ड ताल ! (फोटोसहित)

विकल्प न्यूज\बेनी मंसिर २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । समुन्द्री सतह देखि चारहजार एकसय ९५ मिटरको उचाईमा रहेको पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ भएको हो । आधारशिविर पुगेका आन्तरिक पर्यटकहरु जमेको तालमा रमाउँदै तस्विर खिचेका छन् । […]

पुनहिलमा रमाउदै पर्यटक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,घोडेपानी, मङ्सिर १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । घोडेपानी देखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि ३ हजार दुईसय १० मिटरको उचाईमा रहेको पुनहिलबाट हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । हिजोआज मौसम सफा […]

पाहुना र पूर्वाधारको पर्खाइमा गाजनेको केभहिल

म्याग्दी, मङ्सिर ११ गते ।  धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम […]

कागबेनीको शिरबाट देखिएका सुन्दर दृश्यहरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर ७ गते । प्रशिद्ध धार्मिक स्थल कागबेनीबाट माथि उक्लिएपछि सुन्दर दृश्यहरुको अवलोकन गर्न पाइन्छ । जोमसोमबाट करिब १२ किलोमिटरको कच्ची सडकको यात्रा पछि कागबेनी आइपुगिन्छ । यहाँबाट मुक्तिनाथ पुग्न त्यस्तै १३ किलोमिटर सडक पार गर्नुपर्दछ । यो सडक भने कालोपत्र गरेर चिटिक्क पारिएको छ । कागबेनीबाट उकालो लागेपछि हिमालको टुप्पोमा पहेँलो घामको […]

जलजलामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ मल्लाज स्थित विद्याज्योती माविमा विहिवार देखि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो । जलजला गाउँपालिकाको आयोजनामा भएको खेलकुद प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख […]

यस्तो छ बिमको धार्मिक पर्यटकीय स्थल प्रभुचेला (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी मंसिर ५ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको धुरीलाई ध्यानकेन्द्र बनाउन पूर्वाधार निर्माण थालिएको छ । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेकाले स्थानीयहरुले यस स्थानलाई प्रभुचेला धुरी नामाकरण गरेका छन् । मालिका गाउँपालिकाले पूर्वाधार निर्माण गरी यस स्थानलाई ध्यानकेन्द्रका रुपमा विकास गर्न योजना अघि […]

आहा! हिमालको काँखमा सुन्दर लेते गाउँ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,मङ्सिर ३ गते ।       उत्तरमा धौलागिरि,पूर्वतर्फ निलगिरि र अन्नपूर्ण हिमश्रृङ्खलाको काँखमा छ मुस्ताङको पर्यटकीय स्थल सुन्दर लेते गाउँ । कालिगण्डकी कारिडोर सडकमा पर्ने थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेबाट धौलागिरि,टुकुचे पिक,मानापाथी,निलगिरी र अन्नपूर्ण हिमालको सुन्दर दृश्य आँखै अगाडी अवलोकन गर्न सकिन्छ । मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु लेतेमा एकछिन बसेर […]

नेपाल संवतका अवसरमा बेनीमा प्रभातफेरी

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २८ गते । नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिहरुले पनि सहभागिता जनाएका थिए । बेनीको संगमचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा पछि मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान […]

भकिम्लीको बेलढुङ्गाबाट हिमालको लहर हेर्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / बेनी कात्तिक १५ गते । आँखै अगाडी चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरीपरी रमणीय डाँडापाखा अनि सुन्दर ग्रामिण वस्ती । यो हो बेनी नगरपालिका ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा । मुसुङ गाउँ र ओखलेको धुरीमा बेलढुङ्गा पर्दछ । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । यहाँबाट […]

दसैं मनाउन गाउँ फर्किनेको भिड (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज ३ गते । हिन्दुहरुको महान पर्व विजया दशमी नजिकिँदै जाँदा दसैं मनाउन सर्वसाधरणहरु गाउँ फर्किन थालेका छन् । विभिन्न पेसा,रोजगारी र अध्ययनका क्रममा गाउँभन्दा वाहिर भएका सर्वसाधरणहरु दसै मनाउन घर फर्किन थालेका छन् । बेनीको कालिपुल वसपार्क, बेनी नगरपालिका गेट स्थित वस तथा जिप पार्क लगायतका स्थानहरुबाट छुट्ने जिप र वस मार्फत […]

जयन्ती माविको २२ कोठे भवन उद्घाटन (फोटोसहित)

विकल्प न्यूज/बेनी असोज २९ गते । म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भवनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको […]

अन्तर्राष्ट्रिय पर्वत समाजको अधिवेशनमा आएका पाहुनालाई माझफाँटमा भव्य स्वागत (भिडियो\फोटो)

विकल्प न्यूज/जलजला असोज २६ गते । शनिबार देखि सुरु हुने अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनमा भाग लिन आएका समाजका पदाधिकारी,सदस्य लगायत पाहुनाहरुलाई जलजला गाउँपालिकाका माझफाँटवासीहरुले भव्य रुपमा स्वागत गरेका छन् । स्थानीय आमा समुह,जनप्रतिनिधि र सर्वसाधरणहरुले मल्लाजको दरबारमा नौमती बाजा सहित भव्य रुपमा स्वागत गरेका हुन । अधिवेशनमा भाग लिन विहिवार साँझ उनीहरु माझफाँटमा आइपुगेका […]