प्रवास

विद्यार्थीलाई मोना बेल्जियमको कम्प्युटर र कलर प्रिन्टर सहयोग

विकल्प न्यूज\बेनी भदौ २६ गते । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी महिला उपाध्यक्ष ज्ञानुकुमारी बरुवाल […]

मोनाको नयाँ नेतृत्वका लागि घारका ददीवल खड्काको ः उम्मेदवारी

विकल्प न्यूज/बेनी भदौं २ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौ महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउँदै आएका सफल ब्यवसायी ददीवल खड्काले मोनाको […]

साइबर अपराध मुद्दामा म्याग्दीका एक युवा मलेशियामा पक्राउ

विकल्प न्यूज/बेनी साउन १६ गते । बैदेशिक रोजगारका क्रममा मलेशिया पुगेका म्याग्दीका एक युवा साइबर अपराध मुद्दामा पक्राउ परेका छन् । एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका […]

विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार

बोगोटा, जेठ २७ गते ।  (रासस–एएफपी) जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिँदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन। कोलम्बियामा यस्तै चमत्कार भएको छ । […]

मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण

धु्रवसागर शर्मा,म्याग्दी ३० चैत, वैदेशिक रोजगारीका लागि बेल्जियममा रहेका मोना बेल्जियममा आवद्ध रहेका ८५ जना सदस्यहरुले १० अप्रिल २०२३ मा क्यूकेनहप पार्कको भ्रमण गरेका छन् । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा शिक्षा,स्वास्थ्यको विकास, प्राकृतिक प्रकोप,विपन्न र असहायको लागि आर्थिक सहयोग लगाएत विभिन्न परोपकारी कार्यहरुमा संलग्न रहँदै आएको मोना वेल्जियममा आवद्ध म्याग्देलीहरुले क्यूकेनहप पार्कको भ्रमणबाट एकापसमा […]

क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा

विकल्प न्यूज\बेनी चैत २० गते । बैदेशिक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन । सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति गठन गरेको हो । समितिको संयोजकमा रामकृष्ण […]

मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग

विकल्प न्यूज\बेनी चैत ८ गते । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ । लुलाङको लुलाङ आधारभूत विद्यालयमा ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १ थान वाइफाइ राउटर […]

ठूला लगानी भित्र्याउन म्याग्दीका विनोद कुँवरको सक्रियता

विकल्प न्यूज\बेनी असोज २६ गते । म्याग्दीका विनोद कुँवरले विदेशमा रहेका नेपालीको लगानीलाई आर्कषित गर्न धमाधम सम्मेलनको आयोजनामा सक्रिय भएका छन् । कोरियाका सफल नेपाली ब्यवसायी कुँवरले एनआरएनए आइसीसीको नेतृत्व गरेपछि कोरियाका विभिन्न कम्पनीलाई नेपालमा समेत उत्पादन गर्ने वातावरण बनाएका छन भने ठूला परियोजनामा समेत लगानी र नेपालबाटै निर्यातको वातावरण बनाउन सक्रिय छन् । यसैक्रममा […]

मोना हङ्गकङ्गद्धारा शान्तिकोषको अक्षयकोषलाई ४० लाख हस्तान्तरण (फोटो-भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज २५ गते । आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्देलीहरुले ४० लाख रुपियाँ भन्दा बढी सहयोग गरेका छन् । मंगलबार बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ४० लाख ११ […]

प्रवासी नेपाली मञ्च मकाउको नयाँ नेतृत्व चयन

विकल्प न्यूज\बेनी भदौै २१ गते । प्रवासी नेपाली मञ्च मकाउको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सेमी भर्चुअल माध्यमबाट संचालन गरिएको अधिवेशनबाट उत्तम गुरुङको अध्यक्षतामा मञ्चको नयाँ कार्य समिति गठन भएको छ । मञ्चको उपाध्यक्षमा चिरञ्जीवि पौडेल, सचिवमा शालिक बगाले मगर, सहसचिवमा रामचन्द्र अर्याल र रोजन लामा चयन हुनुभएको छ । हर्कजंग गुरुङ् आर्थिक बिभाग […]

बेनीका सुजन केसीले बनाए कोरियामा व्याट्रीबाट चल्ने गाडी

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ९ गते । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका ६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँचमहिना देखि निरन्तर गरेको कोशिसपछि चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा व्याट्री जडान गर्नुभएको छ । तिनदेखि चार घण्टा विद्युत चार्ज […]

विनोद कुँवर बने एनआरएनए अध्यक्ष

१० चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ […]

याम किसानको उपचारमा अष्ट्रेलियाबाट ९० हजार सहयोग

विकल्प न्यूज/बेनी फागुन १८ गते । मुटु रोगी म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा अष्ट्रेलियामा रहेका म्याग्देलीले ९० हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । बेनी विरेन्द्रचोक घर भई हाल अष्ट्रेलिया रहेका हिक्मत श्रेष्ठको अगुवाईमा संकलन भएको ९२ हजार ६१० रुपैयाँ संककलन गरी र्सिजना भट्टचन र जेनेश श्रेष्ठले याम किसान उपचार अभियानका उपसंयोजक […]

मिलनचोकको स्वास्थ्य शिविरबाट दुईसयले सेवा लिए

विकल्प न्यूज/बेनी फागुन १४ गते ।    पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा सँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन,दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी […]

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ सार्वजनिक

विकल्प न्यूज\बेनी माघ १५ गते । आर्थिक इतिहासका अध्येता म्याग्दीवासी कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति ः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ । यस […]