ताजा समाचार:
Search

प्रवास

ठूला लगानी भित्र्याउन म्याग्दीका विनोद कुँवरको सक्रियता

विकल्प न्यूज\बेनी असोज २६ गते । म्याग्दीका विनोद कुँवरले विदेशमा रहेका नेपालीको लगानीलाई आर्कषित गर्न धमाधम सम्मेलनको आयोजनामा सक्रिय भएका छन् । कोरियाका सफल नेपाली ब्यवसायी कुँवरले एनआरएनए आइसीसीको नेतृत्व गरेपछि कोरियाका विभिन्न कम्पनीलाई नेपालमा समेत उत्पादन गर्ने वातावरण बनाएका छन भने ठूला परियोजनामा समेत लगानी र नेपालबाटै निर्यातको वातावरण बनाउन सक्रिय छन् । यसैक्रममा […]

मोना हङ्गकङ्गद्धारा शान्तिकोषको अक्षयकोषलाई ४० लाख हस्तान्तरण (फोटो-भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज २५ गते । आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्देलीहरुले ४० लाख रुपियाँ भन्दा बढी सहयोग गरेका छन् । मंगलबार बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ४० लाख ११ […]

प्रवासी नेपाली मञ्च मकाउको नयाँ नेतृत्व चयन

विकल्प न्यूज\बेनी भदौै २१ गते । प्रवासी नेपाली मञ्च मकाउको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सेमी भर्चुअल माध्यमबाट संचालन गरिएको अधिवेशनबाट उत्तम गुरुङको अध्यक्षतामा मञ्चको नयाँ कार्य समिति गठन भएको छ । मञ्चको उपाध्यक्षमा चिरञ्जीवि पौडेल, सचिवमा शालिक बगाले मगर, सहसचिवमा रामचन्द्र अर्याल र रोजन लामा चयन हुनुभएको छ । हर्कजंग गुरुङ् आर्थिक बिभाग […]

बेनीका सुजन केसीले बनाए कोरियामा व्याट्रीबाट चल्ने गाडी

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ९ गते । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका ६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँचमहिना देखि निरन्तर गरेको कोशिसपछि चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा व्याट्री जडान गर्नुभएको छ । तिनदेखि चार घण्टा विद्युत चार्ज […]

विनोद कुँवर बने एनआरएनए अध्यक्ष

१० चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ […]

याम किसानको उपचारमा अष्ट्रेलियाबाट ९० हजार सहयोग

विकल्प न्यूज/बेनी फागुन १८ गते । मुटु रोगी म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतका दलित अगुवा याम किसानको उपचारमा अष्ट्रेलियामा रहेका म्याग्देलीले ९० हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । बेनी विरेन्द्रचोक घर भई हाल अष्ट्रेलिया रहेका हिक्मत श्रेष्ठको अगुवाईमा संकलन भएको ९२ हजार ६१० रुपैयाँ संककलन गरी र्सिजना भट्टचन र जेनेश श्रेष्ठले याम किसान उपचार अभियानका उपसंयोजक […]

मिलनचोकको स्वास्थ्य शिविरबाट दुईसयले सेवा लिए

विकल्प न्यूज/बेनी फागुन १४ गते ।    पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुईसय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखा सँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ धर्मदेव ढकाल,अनु हिराचन,दन्तरोग विशेषज्ञ कृष्ण सुवेदी […]

कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ सार्वजनिक

विकल्प न्यूज\बेनी माघ १५ गते । आर्थिक इतिहासका अध्येता म्याग्दीवासी कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति ः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ । यस […]

माेनाकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित

विकल्प न्युज / बेनी कार्तिक ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न चौथाे महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बसाेवास गर्नु हुने छन्त्यालकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे निर्वाचन मण्डलका संयाेजक सुवाष कुमार श्रेष्ठले जानकारी दिनुभयाे । यसैगरी वरिष्ठ उपाध्यक्ष […]

सामाजिक कार्यका लागि प्रवासी म्याग्देलीबाट दुई करोड साठी लाख सहयोग भित्रियो

विकल्प न्युज/ बेनी कार्तिक ३ गते ।  प्रवासी म्याग्देलीबाट सामाजिक कार्यका लागि रु दुई करोड ६० लाखभन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा विदेशिएकाले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मार्फत पछिल्लो दुई वर्षका अवधिमा सो सहयोग जन्मथलोमा भित्र्याएका हुन् । मोनाको मङ्गलबारदेखि बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले […]

उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रवासी म्याग्देलीलाई अनुरोध

विकल्प न्यूज/बेनी कार्तिक २ गते ।  म्याग्दीको विकास र समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । म्याग्दीको सामाजिक क्षेत्रमा सघाउँदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा बोल्ने वक्ताहरुले जिल्लाको विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा […]

बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू ( भिडियो /फाेटाे )

विकल्प न्युज/बेनी कार्तिक २ गते । बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू भएको छ । अधिवेशन सुरू हुनुभन्दा अघि बेनीमा झाँकि र वाजागाजा सहित र्यालि निकालिएको छ ।  जिसस सभाहलमा अधिवेशनकाे उद्घाटन सांसद  भुपेन्द्र बहादुर थापाले गर्नुभएको छ। विभिन्न पेशा र राेजगारिकाे क्रममा संसारभर छरिएर रहेका म्याग्देेलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारि […]

बेनीमा हुने माेनाकाे चौथो महाधिवेशनकाे तयारी पूरा (भिडियो सहित)

विकल्प न्युज/ बेनी कार्तिक १ गते ।  संसारभर छरिएका म्याग्देलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनकाे तयारि पूरा भएको अायाेजकले बताएका छन् । साेमबार माेनाकाे सचिवालयमा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा माेनाका महासचिव विक्रम कार्कीले अधिवेशनकाे सवै तयारी पूरा भएको जानकारी दिनुभएको हाे । […]

मोनाको चौथो महाधिवेशन ः अध्यक्षमा तिन जनाको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी असोज ३१ गते । नयाँ नेतृत्व चयनका लागि कार्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनमा तिनजनाले अध्यक्ष पदमा उम्मेदावरी दर्ता गराएका छन् । समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगमी नेतृत्वको दावी गर्दै अध्यक्ष पदका लागि […]

बेनीमा हुने मोनाको चौथो महाधिवेशनको तयारी

विकल्प न्यूज/बेनी असोज २४ गते । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको […]