समाचार

स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थाको अभिमुखीकरण

प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसीर २१ गते । म्याग्दी जिल्लाका २२ ओटा गाविसहरुमा स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ । चालु वर्षदेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय शासन उत्तरदायी संयन्त्रको सचिवालयसँग सम्झौता भई कार्यक्रम शुरू गरिएको हो । संगम म्याग्दीले आयोजना गरेको स्थानीय शासन उत्तरदायी संयन्त्र […]

म्याग्दीका गाउँमा भएका सोलार मिल उपयोग बिहीन

सन्तोष गौतम/विकल्प म्याग्दी मंसिर २२ गते । म्याग्दीको ग्रामिण क्षेत्रमा दाता निकायले लाखौ खर्चिएर निशूल्क जडान गरेको सोलार मिल उपयोग विहीन बनेका छन् । ढिलो काम हुने, मर्मत संम्भारको अभाव र व्यवस्थित रुपमा प्रयोग हुन नसक्दा युरोपियन युनियनले जडान गरेको सोलार मिलहरु प्रयोग विहीन बनेका हुन् । युनियनको नवीकरणीय उर्जा आयोजना अन्तरगत वि.स २०६८ मा […]

तीन महिनाभित्रमा सबै विवाद सुल्झाउने तहको समझदारी बनाउनमा दिल्लीको प्रयत्न

मंसिर २१, २०७२- ‘मधेसमा जारी आन्दोलन र नाकाबन्दीको स्थितिलाई आन्तरिक राजनीतिक समस्या भनेर नेपालले पहिचान गरेकोमा धन्यवाद’ भन्दै भारत सरकारले अब निश्चित कार्ययोजनासहितको राजनीतिक रोडम्यापमा आश्वस्त भएर अघि बढ्न मधेस मोर्चासम्बद्ध नेताहरूलाई आग्रह गरेको छ। आन्दोलित मधेसको सरोकार र नेपालको राजनीतिक अवस्थाबारे छलफल गर्न दिल्ली आएका मधेसी मोर्चाका नेताहरूसँग आइतबार साँझ हैदरावाद हाउसमा ‘डिनर मिटिङ’ […]

कोरला नाका खोल्न निर्देशन

मंसिर २१, २०७२- व्यवस्थापिका संसद्को विकास समितिले मुस्ताङ जिल्लाबाट उत्तरी छिमेक चीनतर्फको कोरला नाका छिटो खोल्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा पोखरा–जोमसोम–कोरला नाका र पहुँच मार्गको स्थलगत अध्ययन भ्रमणपछि फर्किएको टोलीले आइतबार सभामुख ओनसरी घर्ती मगरमार्फत प्रतिवेदन बुझाएको हो। समितिले यसअघि रसुवागढी–केरुङ नाका छिटो खोल्न निर्देशन दिएको थियो।‘निर्देशनपछि सरकारले त्यहाँको कामलाई […]

पाखापानी र मुदी शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध

सन्तोष गौतम/विकल्प म्याग्दी मंसिर २० गते । म्याग्दीको दुर्गम मुदी र पाखापानी गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् । दुर्गम गाउँका महिलाहरुको अगुवाईमा सबै घरधुरीलाई सहकारीमा आवद्ध गराइएको हो । सहकारीमा आवद्ध भएपछि स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न सुबिधा पुग्नुका साथै व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने समस्यामा कमी आएको स्थानीयबासीले बताएका छन् । मुदीका […]

बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने

म्याग्दी / विकल्प मंसीर २० गते । म्याग्दीको बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने भएको छ । सिकेयु डेनमार्कको सहयोगमा आर्ट ल्याब काठमाडौले आगामी पुष ५ देखि ११ गतेसम्म निशूल्क चित्रकला प्रशिक्षण सञ्चालन गर्ने भएको हो । पाना, कपडा, भित्ता, सडक लगायतका ठाउँमा रंगिन चित्र बनाउने तरिकाको बारेमा स्थानीय कलाकारहरुलाई तालीम दिइने आर्ट ल्याबका रोमेल भट्टराईले […]

अस्पतालको गुणस्तर सुधार्न छलफल शुरु

प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसीर २० गते । अस्पतालको गुणस्तर सुधार गरी अगाडि बढ्ने उद्देश्यले आइतबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा छलफल शुरु भएको छ । जिल्ला अस्पताल म्याग्दीको आयोजना र निक साईमन इस्टिच्युटको सहयोगमा गुणस्तर सुधारसँगै सेवासुविधाको बारेमा बेनीमा तिन दिने छलफल कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य नवराज शर्माले अस्पतालको […]

कामाना सहकारीको चौथो साधारणसभा

विकल्प/म्याग्दी मंशीर १९ गते । म्याग्दीको बेनीस्थीत कामना बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सनिबार बेनीमा सम्पन्न भएको छ । ५७ जना शेयर सदस्य रहेको सहकारीले स्थापनाको चौथो वर्षमै बेनी नगरपालिका–६ स्थीत न्यूरोडमा आफ्नै नाममा घरजग्गा खरिद गर्ने प्रकृया शुरु गरेको साधारणसभाका अवसरमा अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी गराउनुभयो । साधारणसभाका अवसरमा सहकारीका सचिव […]

खोल्न सकिन्छ कोरला नाका

दीलीप पौडेल /बागलुङ मंसिर १९ गते । मुस्ताङ (छोन्हुप)- समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ। हजारौँ हेक्टरमा फैलिएको समतल भूभाग। मैदानको बीचमा ‘नेपाल २४ २०१९’ लेखिएको सिमेन्टको पिल्लर। पिल्लरको करिब ३० मिटर दूरीमा काँडेतारबेर। २४ नम्बर पिल्लरको करिब ६० हात पर फलामे ढोका छ। त्यसको केही पर सोलार प्यानलजडित सिसी क्यामेराबाट चिनियाँ […]

कहिले खुल्छ बन्द गेट ? कोरला नाकाबाट स्थलगत रिपोर्ट

सुधीर शर्मा, काठमाडौं मंसिर १९,  मुस्ताङ सदरमुकाम जोमसोमबाट झन्डै ७० किलोमिटर उत्तरको लोमन्थाङ र आसपासका क्षेत्रमा एकथरी मोटरसाइकलहरू छ्यापछ्याप्ती देखिन्छन्, जसमा नम्बरप्लेट हुँदैन । चीनबाट ल्याइएका यी बाइक नै यहाँका मुख्य व्यापारिक माध्यम हुन्, जसले लोमन्थाङभन्दा करिब २५ किमि माथि पर्ने कोरला नाका हुँदै तिब्बती बजारमा प्रवेश पाउँछन् र सरसामान ओसारपसार गर्छन् । करिब २५० […]

दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा

१९ मंसिर, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मधेस आन्दोलनको मुख्य मागका रुपमा रहेको सीमांकन हेरफेरलाई लिएर भारतसँग लिखित प्रतिवद्धता नै गरेको खुलेको छ । मधेसी मोर्चासँगको वार्ता छाडेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा यसैसाता दिल्ली गएका थिए । मन्त्री थापा दिल्ली गएकै बेला प्रधानमन्त्री केपी ओलीले समेत भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरे […]

म्याग्दीमा नयाँ शक्ति निर्माणमा सक्रियता

म्याग्दी/विकल्प मंसिर १८ गते । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सञ्चालन गरेको नयाँ शक्ति निर्माण अभियानका अभियन्ताहरुले म्याग्दीमा गतिबिधि बढाएका छन् । अभियानको प्रचारप्रसार, संगठन निर्माणका लागि अभियन्ताहरुले म्याग्दीमा शुक्रबार भेटघाट पनि गरेका छन् । अभियानका ४ नम्बर प्रदेशका संयोजक देवेन्द्र पराजुली र कृष्ण गिरीको टोलीले नयाँ शक्ति गठनका लागि म्याग्दीमा माओवादीका कार्यकर्ता, वुद्धीजिवी, पत्रकार […]

मल्लाजको बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुबिधाबाट बञ्चित

विकल्प /म्याग्दी मङ्सिर १८ गते । म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको मल्लाज बगरफाँटका बासिन्दाहरु सात महिनादेखि सडक सुबिधाबाट बञ्चित भएका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित भएका हुन् । २०७२ जेठ १० […]

गुर्जामा हाब्रे संरक्षणका लागि चेतनामुलक कार्यक्रम

संन्तोष गौतम विकल्प/म्याग्दी,मंसिर १८ गते । म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा)को उपस्थिती भेटिएपछि संरक्षण अभियान सुरु भएको छ । विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम, रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षणका लागि समुदाय तथा विद्यालयमा चेतनामुलक कार्यक्रम सुरु गरेका हुन । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताहरुले हालै गरेको अध्ययनका क्रममा […]

सरकारी कार्यालयमा अब डिजिटल सिग्नेचर

१६ मंसिर, काठमाडौं । सरकारले बुधबारदेखि सरकारी कामकाजमा ‘डिजिटल सिग्नेचर’ प्रयोग गर्न सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विहान शितल निवासमा डिजिटल सिग्नेचर अनुसार हुने कामकाजको सुरुवात गरिन् । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम कारवाही डिजिटल सिग्नेचरको माध्यमबाट हुनेछ । डिजिटल सिग्नेचर अनुसार काम गर्दा […]