समाचार

जनै पूर्णीमा मेलामा करिब साढे चार लाख भेटी संकलन

विकल्प न्यूज/बेनी भदौ ५ गते । जनै पूर्णीमा पर्वको अवसरमा म्याग्दीको नांगी र खयर भारानीमा करिब साढे चार लाख रुपैयाँ भेटी संकलन भएको छ । राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी बाराही र शिख गाविसको पाउद्धारमा पर्ने खयर भारानीको दर्शन र पुजाआजा गर्न पुगेका भक्तजनहरुले चार लाख ४५ हजार रुपैयाँ भेटी चढाएका […]

रत्नेचौरमा प्रहरी बिट स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ भदौ । म्याग्दी र बागलुङको सिमा क्षेत्रमा पर्ने बेनी नगरपालिका १ रत्नेचौरमा आईतबार प्रहरी बिट स्थापना भएको छ । शान्ति सुरक्षामा समुदायको सहज पहुँच स्थापित गरी अपराध, विकृती, दुब्र्यसनी र दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको हो । बिटको धौलागिरी अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक छवीलाल जोशी बञ्जाडेले […]

वेष्ट पोईन्टमा कुमारी जात्रा र भोटो जात्रा (फोटो)

विकल्प न्यूज/बेनी भदौ ५ गते । न्यु वेष्ट पोइन्ट आबासिय उच्चमाविका विद्यार्थीहरुले सांस्कृतिक भेषभुषा प्रदर्शनी गरेका छन् । सामाजिक शिक्षा अन्तर्गत भेषभुषा र संस्कृतिलाई ब्यबहरागत प्रक्रियाबाट सिक्न र सिकाउन विद्यालयले हरेक वर्ष शैक्षिक क्यालेन्डर अनुसार यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको विद्यालयले जनाएको छ ।    शिक्षालाई जिबन संग जोड्दै गर्दै लैजानु पर्छ भन्ने उद्धेस्यले गरिने यस्ता […]

सिङगामा युवा क्लबले सुरु ग¥यो सडक मर्मत

विकल्प न्यूज/बेनी भदौ ५ गते । बेनी नगरपालिका १३ र १४ मा स्थापित जनचेतना युवा क्लब सिंगाले सामाजिक दायित्व पुरा गर्नका लागि विभिन्न सामाजिक कार्यहरु गर्न सुरु गरेको छ । जस अन्तर्गत शनिबार बेनी–दरबाङ सडक खण्डको सिंगामा उक्त क्लबले बाटो मर्मत गर्ने गरेको हो । बाटोमा पहिरो आई विभिन्न ठाउँमा साँघुरो हुँदा गाडीलाई समस्या रहेकोमा […]

देउराली सहकारीको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी म्याग्दी ४ भदौ । म्याग्दीको झिँमा रहेको देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीमाया शेरपुञ्जाको अध्यक्षता, गौरी गर्बुजाको सञ्चालन र स्थानीय अगुवा कृष्णबहादुर थजालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रामकुमारी थजालीले स्वागत गर्नुभएको थियो । साधारणसभामा सचिव टिना पाईजाले प्रगति, कोषाध्यक्ष डिलु पुर्जाले […]

कस्तुरी सहकारीद्धारा करिब १८ करोड लगानी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७२/७३ मा करिब १८ करोड रुपैयाँ लगानी गरेको छ ।संस्थाको शनिबार बेनीमा सम्पन्न सातौ वार्षिक साधारणसभामा गत आर्थिक वर्षमा १७ करोड ८७ लाख ९४ हजार ५२७ रुपैयाँ लगानी गरेको जानकारी गराइएको हो । यसैगरी संस्थाले सो अवधिमा ३५ […]

आविष्कार केन्द्रको लागि म्याग्दीमा सहयोग संकलन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ भदौ । राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि म्याग्दीमा समुदाय स्तरबाट आर्थिक सहयोग जुटाउन सुरु भएको छ । विज्ञान, प्रबिधि, स्वास्थ्य, कृषि, वन तथा वातावरण लगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले स्थापना हुन लागेको केन्द्रलाई सहयोग जुटाउन अभियान सुरु भएको हो । पहिलो दिनमै ४१ जनाबाट चार लाख रुपैयाँ […]

घोडा दौड प्रतियोगिताको उपाधि अधिकारीलाई

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ साउन । उपल्लो मुस्ताङका गुरुङ समुदायको प्रमुख पर्व मानिने यार्तुङको अवसरमा मुक्तिनाथमा यार्तुङ महोत्सव सम्पन्न भएको छ । बाह् गाउले गुरुङ समुदायको सांस्कृतीक पर्व यार्तुङको अवसरमा चार दिनसम्म सञ्चालीत महोत्सवमा साहसीक खेल घोडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मुक्तिनाथको जनप्रिय युवा कल्वले […]

बिद्यार्थिले गरे गलेश्वर मन्दिर सरसफाई

विकल्प न्यूज/बेनी भदौ ३ गते । वेष्ट पोइन्ट कलेजका बिद्यार्थीहरुले गलेस्वर मन्दिर परिसर सरसफाई गरेका छन् । कलेजमा बिबिएस तहमा अध्ययनरत बिध्यर्थिले साउन ३२ गते मंगलबार बिहान ७ बजे देखि ११ बजे सम्म मन्दिर परिसर र उद्दान समेत सरसफाई गरेका हुन् ।श्रावण महिनाको सोमबार बिशेष गरि शिब मन्दिरमा दर्शनार्थीको बढी चाप हुने र त्यसका कारण […]

आविस्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन म्याग्दीबासी जुट्न थाले

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि सहयोग जुटाउन म्याग्दीबासीले पनि उत्सुकता देखाएका छन् । पुनको अगुवाईमा स्थापना हुन लागेको केन्द्रका लागि आर्थिक सहयोग जुटाउन जिल्लाका उद्योगी, ब्यापारी, वुद्धीजिवी, नागरीक अगुवा लगायतले चासो देखाएका हुन् । जसका लागि म्याग्दी उद्योग वाणिज्य […]

म्याग्दी जिविसको मोटरसाइकल लिएर सवइञ्जीनीयर कुलेलम

विकल्प न्यूज/बेनी भदौ १ गते । यहाँको एक  कार्यालयमा कार्यरत सवइञ्जीनीयर सरकारी मोटरसाइल लिएर ८ महिना देखि वेपत्ता छन् । जिल्ला विकास समिति अन्तर्गत रहेको विकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम(ड्रिलिप) मा कार्यरत छिस्ती १ बागलुङ स्थायी ठेगना भएका वसन्त शर्मा जिविस म्याग्दीको मोटरसाइकल लिएर कुलेलम ठोकेका हुन । करार अवधि सकिएको आठ महिना […]

न्यु वेष्ट पोइन्टमा रक्षाबन्दन कार्यक्रम

विकल्प न्यूज/बेनी म्याग्दी भदौ १ गते । न्यु वेष्ट पोइन्ट आबासिय उच्च माविमा रक्षा बन्धनको पूर्व सन्ध्यामा एक कार्यक्रम गरिएको छ । वेष्ट पोइन्ट मंटेस्वरी देखि कलेज सम्म कार्यरत करिब १२० जना शिक्षक तथा कर्मचारी अन्तर्गत शिक्षिका र कर्मचारीहरुले मंगलबार सो कार्यक्रमको आयोजना गरेका हुन् । मंटेस्वरी, स्कुल र कलेज फरक फरक समय र स्थानमा […]

गलेश्वरमा पहिरोमा पुरीएर एक जनाको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ भदौ । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको छ । घरको करेसातर्फ रहेको खेतबाट मंगलबार राती आएको पहिरोले घर पुर्दा दग्नाम ४ घर भई हाल गलेश्वर बस्ने ४९ वर्षिय नकबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा […]

गलेश्वरमा १२ लाख रुपैयाँ भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा पछिल्लो एक महिनामै करिब बाह् लाख रुपैया भेटि संकलन भएको छ । साउन महिनाको सोमबारका दिन पारेर मन्दिरमा पुजाआचा र दर्शनका लागि आएका भक्तजनले ११ लाख ७४ हजार ७१५ रुपैयाँ भेटि चढाएका हुन् । यस वर्षको साउन महिनामा पाँच वटा सोमबार परेको […]

म्याग्दीका खड्का प्रधानमन्त्रीको सचिवालयमा

विकल्प न्यूज/बेनी साउन ३२ गते । म्याग्दीको बाबियाचौरका पुनम खड्का प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयमा नियुक्त हुनुभएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीका नेता तथा वाईसीएलका केन्द्रिय सदस्य खड्कालाई सोमबार प्रधानमन्त्री दाहालले स्वकीय सचिवालयमा नियुक्त गर्नुभएको हो । खड्का सहिद नन्दबहादुर खड्काका छोरा तथा सृजना खड्काका दाजु हुनुहुन्छ ।