समाचार

म्याग्दीमा निर्धारित मूल्य भन्दा वढीमा ग्यास बिक्री

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ भदौ । म्याग्दीमा तोकिएको भन्दा बढी मूल्यमा खाना पकाउने ग्यास बिक्री भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बेनीमा गरेको बजार अनुगमनका क्रममा खाना पकाउने एलपीग्यास आयल निगमले निर्धारण गरेको भन्दा बढी मूल्यमा बिक्री भएको पाइएको हो । निगमले प्रतिसिलीण्डर ग्याँसको मूल्य एक हजार ३७५ रुपैयाँ निर्धारण गरेपनि म्याग्दीका […]

प्राकृतिक विपद् र महामारीमा करिब सवा करोडको पशुधनको क्षति

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ भदौ । म्याग्दीमा प्राकृतिक विपद् र महामारीका कारण पछिल्लो छ महिनायता करिब सवा एक करोड बराबरको पशुधनको क्षति भएको छ । झुसीलकिराको महामारी, बाढी, पहिरो र चट्याङ्ले ७५ जना कृषकहरुले पालेका एक करोड एक करोड बिस लाख ६७ हजार रुपैयाँ बराबरको पशुधनको क्षत्ती गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ […]

राष्ट्रियता जोगाउनका लागि आन्दोलन ः विद्यार्थी नेताहरु

विकल्प न्यूज//बेनी भदौ ७ गते । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय नेताहरुले देशको राष्ट्रियता जोगाउनका लागि आन्दोलन गर्ने बताएका छन् । अनेरास्ववियु मूल प्रारम्भिक कमिटी म्याग्दी बहुमुखी क्याम्पस र जिल्ला कमिटी म्याग्दीले मङ्गलबार संयुक्तरुपमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिव समिक बडालले वर्तमान […]

म्याग्दीका २९ वटा सडकमा अस्थाई रुट कायम गर्न सिफारीस

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ भदौ । म्याग्दीका २९ वटा ग्रामिण सडकमा सवारी सञ्चालनका लागि अस्थाई रुट कायम गर्न सिफारीस गरिएको छ । राजनीतिक दल, जिविस, नगरपालिका, यातायात ब्यवसायी सहित बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले हाल सवारी सञ्चालनमा रहेका सबै सडकमा अस्थाई रुट कायम गर्न सिफारीस गरेको हो । बेनी–दरवाङ–ताकम–मुना, बागलुङ–रत्नेचौर–बेनी लगायत २९ वटा […]

म्याग्दीमा बिमा प्रती आकर्षण बढ्दो

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीका सर्वसाधारणको जिवनबिमा प्रती आकर्षण बढेको छ । बिमा कम्पनीहरुको प्रतिस्पर्धा, बिमा सम्बन्धि चेतना बढ्नु र सरकारले बिमा गर्ने कर्मचारीलाई आयकर छुट दिने व्यवस्था ल्याउनु लगायतका कारणले बिमाप्रती सर्वसाधारणको आकर्षण बढेको हो । बेनीमा शाखा रहेका बिमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७२७३ मा करिब एक हजार जनालाई १५ […]

म्याग्दीमा व्यापारको शैली फेरिँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीका व्यवसायीहरुले निजी सवारी साधनमा लगानी बढाउन थालेका छन् । ब्यापारीहरुले सामान ढुवानी र होटल व्यवसायीले पाहँुनाको सुबिधाका लागि गाडी खरिद गर्न थालेका हुन् । ग्रामिण बस्तीहरुमा सडक विस्तार हुन थालेपछि बढेको प्रतिस्पर्धासंगै कुनै समय खच्चरबाट सामान ढुवानी गर्ने ब्यापारीले अहिले गाडीबाट उपभोक्ताको घरदैलोमा सामान पु¥याउन थालेका हुन् […]

बेगका बासिन्दा परम्परागत संस्कृति जोगाउँदै

सन्तोष गौतम/विकल्प न्यूज भदौ ७ गते । म्याग्दीको बेगका बासिन्दाहरु परम्परागत कला र संस्कृतिको संरक्षणमा अग्रसर भएका छन् । बेग गाउँको मुख्य सांस्कृतिक पहिचान मानिने मादले, मारुनी नाच र ठाडो भाका संरक्षणमा स्थानीयबासी अग्रसर भएका हुन् । परम्परागत कला र संस्कृतिलाई लोप हुन नदिन बेगका बृद्धबृढाहरुले युवायुवतीलाई पुख्यौली नाच र ठाडो भाका सिकाउन थालेका छन् […]

बेनीमा दोस्रो एभरग्रिन कप फुटबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ भदौ । बेनीमा मंगलबारदेखि दोस्रो एभरग्रिन कप सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । बेनीका एभरग्रिन युथ कल्बले आयोजना गरेको प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका छन् । भदौ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ५१ हजार १११ र २८ […]

गर्भपतनले स्वास्थ्यमा जोखिम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,भदौ ७ गते । साउन अन्तिम हप्ता बेनी स्थित जिल्ला अस्पतालमा एक दम्पती तनाव लिएर पाइपुगे । दुई सन्तानका अभिभावक बनिसकेका करिब तिस वर्षका यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ । उनिहरु परिवार नियोजनको साधन प्रयोग नगरेका कारण रहन गएको गर्भलाई पतन गराउन अस्पताल पुगेका थिए । यो जोडी त उदाहरणमात्रै […]

म्याग्दीमा ठेकेदारले श्रमिकलाई अठार लाख ठग्दा पनि कारवाही भएन किन ?

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ भदौ । म्याग्दीका एक जना निर्माण ब्यवसायीले करिब अठार लाख रुपियाँ ठगी गरेको भन्दै प्रशासनमा उजुरी परेको छ । मौवाफाँट–दग्नाम–चिमखोला सडक आयोजनाको दवाङ भिरमा सडक निर्माणको काम गरेका निर्माण ब्यवसायी लोकबहादुर मल्ल र उनका सुपरभाईजर तारा पुनले ज्याला माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै मजदुरहरुले सुरक्षाको माग गर्दै प्रशासनमा उजुरी […]

कार दुर्घटनामा पाँच जना घाईते

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ भदौ । म्याग्दीको बाबियाचौर ५ लाम्पाटामा सोमबार दिउँसो कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बेनीबाट दरवाङतर्फ जाँदै गरेको बा १५ च ३८६९ नम्बरको निजी कार सडकदेखि करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक दरवाङ ३ का ३१ वर्षिय तेजेन्द्र जुक्जाली, अर्मन […]

माईका मन्दिरहरु किन गाउँको बीचमा बनाइदैनन् !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज भदौ ६ गते । पुलस्त्य–पुलह ऋषिद्वयको आश्रमलाई “पुला” भनियो । तिनताका अवश्य अहिलेजस्तो बाक्लो बस्ती थिएन । जनसंख्या बढदै गयो, पुलाको गाउँ पनि विस्तारित हुदै गयो । वारी पारीका मानिसहरुले पुला भनेर चिन्ने क्षेत्र अहिलेसम्म पनि निकै ठूलो छ । मल्लाज, ज्यामरुककोट, कुहुँ, वरांजा, भकिम्ली वा राखुतिरका मानिसहरुले वाखेत, घतान, पुला, सिंगा, […]

नवविकल्प पत्रिकाको ४८ औ सस्करण

Nawa Bikalpa 8-48 नवविकल्प पत्रिकाको ४८ औ सस्करण   

रुट कायम नभएका सडकमा सार्वजनिक सवारी चलाउन रोक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ भदौ । म्याग्दीमा स्थानीय प्रशासनले रुट कायम नभएका सडकमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयले रुट कायम नभएका सडकमा सवारी सञ्चालन नगर्न निर्देशन दिएपछि सोमबारदेखि म्याग्दीको बेनी–जोमसोम बाहेकका सडकमा सार्वजनिक यातायात सेवा बन्द भएको छ । यातायात ब्यवस्था कार्यालयले म्याग्दीमा बेनी–जोमसोम बाहेकको सडकमा सवारी […]

बरंजामा माओवादीको एकता भेला

विकल्प न्यूज/बेनी भदौ ५ गते । नेकपा माओवादी केन्द्र बरंजा गाउँपालिकाको एकता भेला सम्पन्न भएको छ । भेलाले ओमबहादुर रोका (रवी)को अध्यक्षतामा ५१ सदस्य गाउँपालिका आयोजक समिति गठन गरेको छ । एकृकीत नेकपा माओवादी र रामबहादुर थापा बादल नेतृत्वको नेकपा–माओवादीको एकतापछि बरंजामा पनि दुई पार्टी वीच एकता भएको हो । नेकपा–माओवादीका राज्य समिति सदस्य ओमबहादुर […]