समाचार

बाबियाचौरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र एम्वुलेन्स खरिदका लागि महायज्ञ ः तयारी तिव्र

विकल्प न्यूज/बेनी बैशाख २ गते । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गतेदेखि १६ गते […]

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण हिमालको सफल आरोहण

विकल्प न्यूज/बेनी बैशाख २ गते । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाइन् । दुई वर्ष भित्र […]

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

म्याग्दी, चैत ३० गते । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको […]

पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर

बेनी, २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो । १०० वटा कुकुरको बन्ध्याकरण गर्ने […]

लोक दोहोरी प्रतिष्ठानले जेठ १५ गते अन्तर मावि लोक गीत प्रतियोगिता आयोजना गर्ने

विकल्प न्यूज/बेनी चैत २६ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारी आगामी जेठ १५ गते बेनीमा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मलनमा जानकारी गराईएको हो । लोक गीततर्फ विद्यार्थीहरुको रुचि अभिवृद्धि गराउने […]

वडा तहमा एमालेको अधिवेशन जारी

विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन सुरु गरेको छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमालेले वडा तहको अधिवेशन गर्न थालेको हो । अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव […]

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

विकल्प न्यूज/पोखरा चैत २५ गते । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा आइतबार नियुक्त भएका थिए […]

म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा बिजय श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी चैत २४ गते । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुबराज सुवेदी, सह सचिवमा दुर्गाराम सुवेदी, […]

जलजलामा मेलमिलापकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम

विकल्प न्यूज\जलजला चैत २३ गते ।  पर्वतको जलजला गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि तालिम शुक्रबार देखि सुरु भएको छ । दुईदिन सम्म संचालन हुने तालिमको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजिअ आचार्यले पालिका स्तरमा मेलमिलापकर्ताहरुले अत्यन्तै महत्वपुर्ण भूमिका खेल्दा धेरै समस्याहरु समुदाय स्तरमै समाधान हुने […]

बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना, २७ घाइते

म्याग्दी, चैत २३ गते ।  म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका लागि छुटेको बस दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनी बजारदेखि एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले भरत श्रेष्ठले बताउनुभयो । गाडी एक्कासी […]

काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’

म्याग्दी,  चैत २२ गते ।  काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्र्तगत म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर […]

गरगहना लुटपाटका लागि दम्पतीको हत्या भएको पुष्टि

विकल्प न्युज / बेनी चैत २२ गते । पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी […]

बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ संचालन हुँदै

विकल्प न्यूज/बेनी चैत २१ गते ।  म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको हो […]

सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य ः मन्त्री गिरी

ठाकुरप्रसाद आचार्य म्याग्दी(बेनी) चैत २१ गते । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । सरकारले मुलुकलाई समृद्धि र सुशासनको बाटोमा लैजान गम्भिर भएर अगाडी बढेको उहाँले बताउनुभयो । म्याग्दीको बेनीमा बुधबार पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुँदै मन्त्री गिरीले भन्नुभयो, ‘‘एक डेढ वर्षको अवधिमा जनतामा चरम […]

मल्लाजको दह दम्पती हत्या ः शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै

विकल्प न्यूज/जलजला चैत २१ गते । पवर्तको जलजला गाउँपालिका २ मल्लाजको दहमा भएको दम्पती हत्यामा शंकास्द देखिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमति ६७ वर्षीया गमला जिसी हत्या घटनामा दुई जना नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) […]